नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7886 · वि.सं. २०६४
नि.नं. 7886 — उत्प्रेषण परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सचिवको निर्णय उपर मन्त्रिपरिषद समक्ष पुनरावेदन गरेबाटै निवेदक स्वंयले सो अधिकार क्षेत्रलाई स्वीकार गरेको अवस्थामा मौकामा सचिवलाई विभागीय प्रमुख स्वीकारी स्पष्टीकरण पेश गरी निजले गरेको निर्णय उपर कानून बमोजिम पुनरावेदन समेत गर्ने निवेदकले आफू अनुकूलको निर्णय नआएपछि अदालतमा निवेदन गर्दा मात्र लिएको जिकिर ग्रहणयोग्य नहुने । (प्रकरण नं.१७) § नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६ ले नियुक्ति गर्ने अधिकारमा सस्पेण्ड र वर्खास्त गर्ने अधिकार समेत सामेल हुने कानूनी व्यवस्था गरेको सन्दर्भमा राजपत्रांकित कर्मचारीलाई नियुक्ति दिने मन्त्रालयको सचिवले विभागीय कारवाही गर्न नसक्ने भन्न मिल्ने नदेखिने । § तीन जना कर्मचारीहरूको संलग्नतामा भएको एकै अनियमित कार्यका सम्बन्धमा प्रत्येक कर्मचारीलाई अलग अलग सजाय प्रस्ताव गरी स्पष्टीकरण सोधी प्रत्येकलाई सजाय गर्नु पर्नाको आधार कारणको विश्लेषण समेत गरी अधिकार प्राप्त अधिकारीबाट भए गरिएको निर्णयमा न्यायिक मनको प्रयोग नभएको भन्न नमिल्ने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7886 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण परमादेश |
| निर्णय वर्ष / मिति | 2064/07/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7886 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
