नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7882 · वि.सं. २०६४

नि.नं. 7882 — नागरिकता कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ झुट्ठो विवरण पेश गरी लिएको नागरिकता सरकारले रद्ध गर्न सक्ने र झुट्ठा विवरण पेश गरी नागरिकता प्राप्त गर्ने गराउनेलाई कसूर अनुसारको सजाय गर्ने विषय एउटै होइन। यी फरक फरक रूपमा प्रयोग हुने कानूनी व्यवस्थाहरू हुन् । § झुट्ठा विवरण लिई नागरिकता लिएको हुँदा सजाय गरिपाऊँ भनी फौज्दारी कसूरको दावी गरी अभियोग पत्र दायर भएको अवस्थामा कानून बमोजिमको सवुद प्रमाणबुझी सो को वस्तुगत विश्लेषण गरी दावी बमोजिम हुने हो होइन भनी निर्णय गर्नका लागि सरकारले नागरिकता रद्ध गरे नगरेको भन्ने विषयले असर पर्दछ भन्न नमिल्ने । § नेपाल नागरिकता ऐन, २०२० को दफा १०(३क) र १५ अलग अलग रूपमा अलग अलग निकायबाट स्वतन्त्र रूपमा प्रयोग हुन सक्ने कानूनी व्यवस्थाहरू हुन् । वस्तुतः विवादित काम कसूरजन्य हो वा होइन भन्ने कुरा मुद्दाको रोहबाट निरूपण हुने । § सरकारले कुनै काम गरे वा नगरेका आधारमा कुनै पनि अपराध र सजाय निर्धारित हुने होइन । हाम्रो नागरिकता ऐनले झुट्ठा विवरण पेश गरी लिएको नागरिकता रद्द नभई कसूर कायम नहुने भनी कतै उल्लेख गरेको छैन । नागरिकता रद्द गर्ने विषय सरकारको क्षेत्राधिकार भित्रको हो भने झुट्ठा विवरण पेश गरी नागरिकता प्राप्त गरे गराएको सम्बन्धी विवादको निरूपण गरी कसूर ठहर्ने नठहर्ने, सजाय हुने नहुने भन्ने विषय अदालतको क्षेत्राधिकार भित्रको विषय हुने । § आफ्नो क्षेत्राधिकार भित्र परेको विषयलाई तर्कसंगत र वस्तुगत आधारमा कानूनद्धारा निर्धारण गरेको प्रकृया पूरा गरी टुंगो लगाउनु अदालतको दायित्व भित्रै पर्ने । (प्रकरण नं.६) पुनरावेदक वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्धान उपन्यायाधिवता श्री रेवती त्रिपाठी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7882
मुद्दाको विषयनागरिकता कीर्ते
निर्णय वर्ष / मिति2064/08/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7882
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्