नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7879 · वि.सं. २०६४
नि.नं. 7879 — उत्प्रेषणयुक्त परमादेश समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आयुर्वेद चिकित्सा परिषद् ऐन, २०४५ को दफा ५.१ ले दर्ता नभएका चिकित्सकले व्यवसाय गर्न नपाउने भन्ने व्यवस्था गरी उपदफा ५.१.१ मा यो ऐन प्रारम्भ भएपछि दर्तावाला चिकित्सकले बाहेक अरू कसैले चिकित्साको व्यवसाय गर्न पाउने छैन भन्ने उल्लेख भएको पाईँदा ऐन प्रारम्भ भएपछि परिषद्मा दर्ता नभईकन आर्यूर्वेद चिकित्सा सम्बन्धी पेशा र व्यवसाय गर्न नमिल्ने । (प्रकरण नं.१४) § आयुर्वेद चिकित्सा परिषद् नियमावली, २०५८ को नियम २.३(२) मा उप नियम १ बमोजिम छानविन गर्दा कुनै कुरा अस्पष्ट हुन आएमा तत् सम्बन्धी कुराहरू स्पष्ट पार्नको लागि सम्बन्धित दर्खास्तवालासँग नाम दर्ता समितिले आवश्यक प्रमाण तथा कागजात माग गर्न सक्ने । (प्रकरण नं.१६) § विवादित उपाधी वा प्रमाणपत्र तथा सो जारी गर्ने संस्था तथा निवेदकहरूको निमित्त चाहिने योग्यताको कुनै परिक्षण नै नगरी कसैले मान्यता दिएको छ वा छैन भन्ने आधारमा मात्र निर्णय गर्दा त्यसबाट युक्तियुक्तता नझल्किनुका साथै त्यसबाट तत्काल प्रचलित कानूनले सिर्जना नगरेको अयोग्यता पछिबाट सिर्जना गरी कानून बमोजिम सामान्य व्यवहारको स्वच्छताको प्रत्याभूतिसम्म पनि दिन नसकेको अवस्था देखिने । (प्रकरण नं.१७) § निवेदकहरूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरूको सम्बन्धमा तत्काल प्रकाशित सूचना र कानून बमोजिम निवेदकहरूलाई प्राकृतिक न्यायको सिद्धान्त समेतको आधारमा प्रतिवाद गर्ने मौका समेत दिई पेश हुन आएको शैक्षिक योग्यताको प्रमाणपत्रको सम्बन्धमा निर्णय गर्नु भनि विपक्षीको नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.१९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7879 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश समेत |
| निर्णय वर्ष / मिति | 2064/06/21 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनुपराज शर्मा | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7879 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
