नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7874 · वि.सं. २०६४
नि.नं. 7874 — बैना रकम फिर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै लिखत करार हुनका लागि दुई पक्षले कुनै काम गर्न वा नगर्नका लागि कुनै प्रतिफल वापत सम्झौता गरिएको लिखत नै करार हो । तर, बैना बट्टाको लिखत दुइ पक्षले हस्ताक्षर गरी गरिने कुनै सम्झौता नभई एक पक्षले अर्को पक्षलाई कुनै चल वा अचल सम्पत्ति बिक्री गर्न मंजुर गरी सो वापत अग्रिम रकम बुझी लिई गरी दिने लिखत हो । बैनाबट्टाको कागजमा दुइ पक्षको हस्ताक्षर परेको हुँदैन । त्यसकारण एक पक्षले कुनै रकम अग्रिम रुपमा बुझी लिई गरी दिएको लिखतलाई करार भन्न नमिल्ने र यस्तो लिखतका सम्बन्धमा करार ऐन, २०२३ को व्यवस्था आकर्षित हुने नभई लेनदेनको व्यवहार भन्नु पर्ने हुन्छ र यस्तो लिखतका सम्बन्धमा सोही लेनदेन व्यवहारको ४० नं. को हदम्याद लाग्ने । § बैना कागज अन्तर्गतको विषयमा करार ऐन, २०२३ बमोजिम नालेश गर्नुपर्ने भन्न मिल्ने नहुँदा लेनदेन व्यवहारको ४० नं. अन्तर्गत फिराद परेकोलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.१५) § बैना बट्टाको कागजका सम्बन्धमा करार ऐन, २०२३ बमोजिम हुने नभई लेनदेन व्यवहारको ४० नं.नै आकर्षित हुने र लिखतमा उल्लेख भए बमोजिम २ वर्ष भित्र दर्ता भएको वादीको प्रस्तुत फिराद उक्त ऐनको हदम्याद भित्र नै रहेको देखिँदा हदम्याद नाघेको भनी खारेज गर्ने ठहराएको फैसला कानुनको व्याख्यात्मक त्रुटि हुने । (प्रकरण नं.१७) पुनरावेदक वादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता राजकुमार उप्रेती प्रत्यर्थी प्रतिवादीका तर्फबाट रहनु भएका विद्वान अधिवक्ता द्वय राजेश खडका र शिवराज अधिकारी
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7874 |
|---|---|
| मुद्दाको विषय | बैना रकम फिर्ता |
| निर्णय वर्ष / मिति | 2064/07/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री गौरी ढकाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7874 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
