नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7872 · वि.सं. २०६४
नि.नं. 7872 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अदालतले देहायको अवस्थामा आफूलाई प्राप्त असाधारण अधिकार अन्तर्गतको आदेश जारी गर्न सक्नेः– (क) Breach of the principles of Natural justice. (ख) Excess of powers or substantive ultra virus (ग) Errors of procedeures or procedural ultra virus (घ) Errors of law. (ङ) Failure to perform a duty (च) Bad faith or abuse of power in the sense of using a power in a meaning other than that contemplated in the enabling statute. (प्रकरण नं.१२) § पछि बनेको ऐनले स्पष्ट शब्दमा अन्यथा नगरेमा साविक ऐन अन्तर्गत भए गरिएका सम्पूर्ण कामहरूलाई पछि बनेको ऐनले Validate र Continuity दिने कानून ब्याख्याको मान्य सिद्धान्त नै हुँदा कर्जा सूचना केन्द्रले नेपाल राष्ट्र बैङ्क ऐन, २०१२ को दफा २२ को अधिकार प्रयोग गरी कालोसूचीमा राख्ने जारी निर्देशन एवं परिपत्रले पनि स्वतः Continuity पाएकोले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ को दफा ११२ ले पुरानो ऐन अन्तर्गत भएको सम्पूर्ण काम कारवाहीलाई Validity र Continuity दिएको हुँदा निवेदकलाई कालोसूचीमा राख्ने कर्जा सूचना केन्द्रको कार्य कानून अनुकूल देखिने । (प्रकरण नं. ४२) § बैंकले तोकेको शर्त पुरा गरी बैंकलाई विश्वास लाग्दो र चित्त बुझ्दो सुरक्षण दिई बैंकको कानूनी Requirement पुरा गरेमा र बैंकले विश्वास गरेमा सुरक्षणले खामेसम्मको रकम बैंकको स्वविवेकीय अधिकार अन्तर्गत निवेदकले ऋण पाउन सक्छन् । बैंकबाट ऋण पाउनै पर्छ वा ऋण Rescheduling र Restructuring हुनै पर्छ भन्ने कसैको पनि मौलिक र कानूनी हक हुन नसक्ने । § बैंकले ऋण Rescheduling र Restructuring गर्ने भन्ने केवल बैंकको स्वविवेकको कुरा हो । यसका साथै देशको Central Bank को हैसियतले नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को अधिकार प्रयोग गरी बेला बेलामा जारी गरेको निर्देशनको अधिनमा रही ऋण लिंदा ऋणीको हैसियतले निवेदकले Repayment Schedule अनुसार ऋणको साँवा व्याज र अन्य शुल्क भुक्तान गरे नगरेको हेरी बैंकलाई विश्वास लागेमा बैंकले राष्ट्र बैंकको निर्देशन र आफ्नो Guideline अनुसार विचार गर्ने कुरो हो । कुनै पनि ऋणिलाई Rescheduling र Restructuring बैंकले दिने सुविधा सम्म मात्र हो । सुविधा भनेको मौलिक हक या कानूनी हक या कुनै अधिकार नभएकोले Rescheduling र Restructuring गर्ने नगर्ने सम्बन्धमा धारा ८८(२) बमोजिम निवेदन नै लाग्न नसक्ने। (प्रकरण नं.४६) § सामान्य कानूनको प्रयोगमा कानून बनाएर पनि लिंगको आधारमा सम्पत्ति सम्वन्धी हक भोग गर्नमा घटी बढी वा भेदभाव गर्न सकिदैन । तर, विशेष कानुन बनाएर Reasonable Classification को आधारमा गरिएको भेदभावलाई भेदभाव मान्न नसकिने । (प्रकरण नं.४७) § उच्चतम अदालतले मुद्दाको रोहमा तथ्य भित्र प्रवेश गरी सवूद प्रमाण बुझी सम्बद्ध कानूनको मनसाय, उद्देश्य र व्यवस्थाको बारेमा गरेको ब्याख्या नजीर हो । उच्चतम अदालतले गरेको यस्तो कानूनको ब्याख्या पछि पछिका त्यस्तै बिषयवस्तु र मुद्दाको तथ्य मिल्ने मुद्दाहरूमा तलका अदालतहरूले बाध्यात्मक रुपमा नजीरको पालना गरी मुद्दाको किनारा गर्नुपर्छ भने नजीर निर्माण गर्ने अदालतको Coordinate jurisdiction को हकमा भने यस्तो बाध्यात्मक हुन केही Exceptions मात्र हुने । (प्रकरण नं. ५२) § समान संख्याको इजलास अर्को समान संख्याको इजलास अर्थात Coordinate jurisdiction को इजलाससँग differ गर्दै जाने हो भने Quality of Certainty हराएर जान्छ । त्यसैले कानूनको ब्याख्याको एकरुपता र Quality of Certainty को लागि एक Coordinate Bench अर्को Coordinate Bench को Ruling लाई आफै Over Rule नगरी अघिल्लो Ruling सँग सहमत हुन नसकेको कारण सहित बढी संख्या भएको इजलासबाट Ruling हुन आफ्नो राय सहित पठाई बढी संख्याको इजलासबाट भएको Ruling कानूनको ब्याख्या भै नजीर स्थापित परिप्रेक्ष्यमा अपवादहरू exceptions & exceptions मा Per incuriam फैसला र sub silentio फैसलाहरू Coordinate bench ले पनि पालन गर्नमा बाध्य नहुने । (प्रकरण नं.५३) § कानूनको ब्याख्याको एकरुपताको लागि देशको उच्चतम अदालतबाट भएको कानुनको ब्याख्यालाई समान विवादमा लागू गरिन्छ । त्यसो नगरी एकपटक विधिवत भएको ब्याख्यालाई पालना नगर्ने हो भने मुद्दाका पक्षहरू कानूनी सल्लाह दिने कानूनी व्यवसायीहरू र न्यायीक जगत, समाज नै अस्तव्यस्त हुन जान्छ र एक प्रकार न्यायीक अराजकता जस्तै हुन्छ । यस्तो नहोस् भनेर नै संविधानले देशको उच्चतम अदालतलाई कानून एवं संविधानको व्याख्याको संवैधानिक जिम्मा दिई त्यस्तो उच्चतम अदालतबाट भएको संविधान एवं कानूनको ब्याख्या पछिका मुद्दाहरूमा Guide को रूपमा लिईन्छ । तर, कहिलेकाहिँ कुनै कुनै मुद्दामा विवादसँग सम्बद्ध कानूनी व्यवस्थालाई छली वा जानकारी नराखी गरिएको व्याख्या वा सम्बद्ध कानूनलाई लागु नै नगरी गरिएको फैसला Per incuriam फैसला भै त्यस्तो फैसलालाई नजीर भन्न नमिल्ने । (प्रकरण नं.५६) § अन्तरिम आदेश जारी गर्दा जहिले पनि माग गर्नेको के कस्तो हक हो सो तथा जारी गर्दा अर्को पक्षलाई हुने Irreparable loss र जारी नगर्दा माग गर्ने पक्षलाई हुने Loss र दुवै पक्षको Balance of Convenience लाई ध्यानमा राख्नुपर्ने । (प्रकरण नं.६५) § कानून विपरीत कार्य हुन लागेको वा भैरहेको अवस्थालाई तुरून्त नरोके अझ बढी गम्भिर क्षति र अवस्था सिर्जना हुन गै अर्को पक्षलाई Irreparable Loss र Injury हुने मात्र नभई कानून र न्याय प्रति नै जनताको आस्था र विश्वास घट्ने संभावना भएको अवस्थामा अन्तरिम आदेशले त्यस्तो कार्य रोक्नु पर्छ । यसैगरी कसैको निर्विवाद हक स्थापित भैरहेको देखिँदा देखिँदै कसैको गैरकानूनी, अनाधिकृत र स्वेच्छाचारी कार्य, निर्णय वा आदेशबाट अर्को पक्षलाई क्षति पुग्ने भएमा यस्तो अवस्थामा पनि अन्तरिम आदेश जारी गर्नु अदालतको कर्तब्य हो । तर, विचारै नपुर्याई निवदेकको हक नै स्थापित नभएको अवस्थामा एक पक्षीय कुरा सुनेर अन्तरिम आदेश जारी गर्दा Public Interest लाई ठूलो असर पर्न सक्ने । (प्रकरण नं. ६९) § बैंकहरू र ऋणी बीचको ऋणको कारोबारमा हुने भिन्न खालको बैकिङ्ग कारोबारको बिषयमा खास गरी ऋण तिर्न पर्ने बिषयमा अन्तरिम आदेश जारी गर्दा वा निषेधाज्ञाको आदेश जारी गर्दा बिषयवस्तु, न्यायको मान्य सिद्धान्त, बैकिङ्ग व्यवसायको मान्य सिद्धान्त, ऋणी र बैङ्कहरूबीचको कानूनी सम्बन्ध र कानूनी व्यवस्थालाई समेत पुनरावेदन अदालतले ध्यान दिनुपर्ने । (प्रकरण नं. ७०) § निवेदकले कानून एवं तमसुक बमोजिम बैङ्कलाई तिर्न बुझाउन पर्ने ऋण रकम नतिरी Default गरेको कारण कानूनी अधिकार प्रयोग गरी निवेदकलाई कालोसूचीमा राख्ने विपक्षीहरूको कार्यमा कुनै त्रुटी नदेखिएको र Defaulter लाई कानून बमोजिम कालोसूचीमा राख्दा निवेदकको कुनै मौलिक वा कानूनी हकको हनन नहुने । (प्रकरण नं. ७१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7872 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2064/01/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7872 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
