नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7871 · वि.सं. २०६४

नि.नं. 7871 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मुलुकी ऐन दण्ड सजायको १ नं.मा “आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको रहेछ भने निजलाई खत बात लाग्न वा कुनै प्रकारको सजाय हुन सक्दैन” भन्ने कानूनी व्यवस्था रहेको देखिँदा उक्त कानूनी व्यवस्था आकर्षित हुनको लागि अभियुक्त आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने प्रकृतिको हुनु पर्ने । (प्रकरण नं.२६) § प्रतिवादीलाई सिजोफिरीनिया रोग लागि यसको परिणाम यस्तै हुन्छ भन्ने सम्पूर्ण स्थिति थाहा पाउन नसक्ने स्थिति भएको नदेखिँदा आफूले होसियारीपूर्वक गरेको कामको प्रकृति थाहा नभएको भन्न नसकिने । (प्रकरण नं.२६) § मानसिक रोगबाट पीडित भएपनि वारदात हुनुपूर्व यी प्रतिवादी घरबाट जथाभावी हिड्ने, खाना नखाने लगायतका अस्वभाविक क्रियाकलाप गरेको भन्ने खुल्दैन । वारदात घटाउनु भन्दा तत्काल अघि पनि यी प्रतिवादी पूर्ण सचेत अवस्थामा देखिन्छन् । वारदात पछि आफूले गरेको अपराध छुपाउन सक्छु कि, बच्न सक्छु कि भन्ने भावानाबाट प्रेरित भई फरार भएको अवस्था छ । अतः प्रतिवादीले वारदात अघि र पछि गरेका कार्यहरूबाट त्यस्तो कामको प्रकृति र परिणामनै थाहा नपाउने गरी मगज बिग्रेको वा पागल भएको भन्ने नदेखिँदा मुलुकी ऐन, दण्ड सजायको १ नं. समेत प्रस्तुत वारदातमा आकर्षित हुन नसक्ने । (प्रकरण नं.२७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7871
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2064/06/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोईराला
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7871
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्