नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7869 · वि.सं. २०६४
नि.नं. 7869 — जर्वजस्ती करणी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जबरजस्तीकरणी जस्तो संगिन फौजदारी अपराधमा पीडित, पीडितको साक्षी जाहेरवालाका सम्बन्धमा अदालतले परिस्थितिलाई गम्भिर रुपमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ । जाहेरवाला, पीडित, पीडितको साक्षी उपरको डर, धाक, जिउ ज्यानको खतरासम्मको कारणबाट जाहेरी समयमा नपरेको, शारीरिक जाँच हुन नसकेको वा साक्षी उपर अनुचित प्रभावमा पर्न सक्ने सम्मको अवस्था रहे नरहेको सो कुराको मूल्याङ्कन हुनु पर्ने । § डर, धाक, जिउ ज्यानको खतराको कारण जाहेरी समयमा नपर्न पनि सक्छ । डर धाकको प्रभाव न्यूनीकरण वा सुरक्षाको अनुभूति पश्चात अपराधको जानकारी वा जाहेरी पर्नुलाई अवस्थाको बाध्यताको रुपमा लिनु पर्दछ । यस्तो अवस्थाको विद्यमानतामा शारीरिक परीक्षण हुन नसक्नु स्वभाविक नै हुन्छ । जिउ ज्यानको खतराको कारणले समयमा जाहेरी नपरेको वा शारीरिक परीक्षण हुन नसकेको अवस्थाबाट न्यायीक कार्यमा जटिलता आउन सक्ने । पीडित वा साक्षीहरूको संरक्षण सम्बन्धी कानून वा कार्यक्रमको अभावमा यस्ता परिस्थितीको पुनरावृत्ती भइरहन सक्छ । तथापि अन्य प्रमाणको आधारमा अपराधको छिनोफानो र न्याय प्रदान गर्ने कार्य सम्पन्न हुनु पर्ने । (प्रकरण नं.२६) § जबरजस्तीकरणी अपराधका सम्बन्धमा मुलुकी ऐन जबरजस्तीकरणी महलको १ नं. मा भएको कानूनी व्यवस्था बमोजिम “कन्या, विधवा वा अर्काकी सधवा स्वास्नी मानिसमा सोह्र वर्ष मुनिकीलाई उसको मञ्जुरी लिई वा नलिई जुनसुकै व्यहोरासँग करणी गरे पनि र सोह्र वर्ष नाघेकीको राजीखुसी बिना बेमञ्जुरीले जुनसुकै तरहसँग भए पनि जोर जुलुम गरी डर धाक देखाई वा अनुचित प्रभावमा पारी करणी गरेको समेत जबरजस्तीकरणी गरेको ठहर्छ” भन्ने कानूनी व्यवस्था रहेको देखिँदा जाहेरवालाको घरमा रातको १ बजेको समयमा मार्ने सम्मको डर धाक, धम्की दिई संत्रासको वातावरण बनाई पीडितलाई उठाई लगी पालै पालो सामूहिक रुपमा जबरजस्तीकरणी गरेको प्रमाणको विवेचनाको आधारमा पुष्टि हुन आएको हुँदा प्रतिवादीहरूले जबरजस्तीकरणीको १ नं. को कसूर गरेको देखिने । (प्रकरण नं.२७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7869 |
|---|---|
| मुद्दाको विषय | जर्वजस्ती करणी । |
| निर्णय वर्ष / मिति | 2064/08/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7869 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
