नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7864 · वि.सं. २०६४

नि.नं. 7864 — शेषपछिको वकसपत्र लिखतवदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कन्या, सधवा, वा विधवा स्वास्नी मानिसले प्राप्त गरेको अंशको सम्पत्तिलाई चल अचल दुई भागमा वर्गिकृत गरी चल सम्पत्तिको आफूखुशी प्रयोग कसैको मन्जुरी बेगर नै गर्न सक्ने तर अचलको हकमा आधाभन्दा बढी सम्पत्ति आफूखुशी प्रयोग गर्दा तोकिएको अरू व्यक्तिहरूको मन्जुरी लिनुपर्ने। § आफूले कानून बमोजिम प्राप्त गरेको अंशहकको सम्पत्तिमा पूर्ण स्वामित्व प्राप्त गरेको मान्नुपर्ने हुन्छ । आफ्ना छोराहरू अंशछोडपत्र गरी छुट्टिभिन्न भएपछि बाँकी रहन गएको सम्पत्तिमा निजको पूर्ण स्वामित्व रहेको मान्नु पर्ने । (प्रकरण नं.१८) § छोराले नपालेको अवस्थामा नातिले पालेको अवस्थामा बकसपत्र नभए पनि अपुतालिको कानूनले नै हक प्राप्त गर्न सक्ने व्यवस्था देखिएकोमा आफ्नो हेरविचार नगर्ने व्यक्तिको मञ्जुरी चाहिने तर, आफ्नो भाग हिस्साको सम्पत्ति आवश्यकता अनुसार भोग गर्न नपाउने गरि स्त्री अंशधनको २ नं. को व्यवस्था नदेखिने । § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ बमोजिम पनि समान अवस्थाका अंशियार मध्ये स्त्री र पुरुष अंशियारहरूबीच प्राप्त अंश वा सम्पत्तिको भोग वा हक हस्तान्तरण सम्बन्धमा भेदभावपूर्ण फरक मापदण्ड अपनाउन पाउने व्यवस्था गरेको नदेखिएको, त्यही आधारमा निवेदक लिलि थापा विरूद्ध श्री प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवार समेत भएको सम्बत २०६१ सालको विशेष रिट नं. ३४ को मुद्दामा उक्त स्त्रीअंश धनको २ नं.. कानूनी व्यवस्था उक्त संविधानको धारा ८८ बमोजिम यस अदालतबाट बदर घोषित भै सकेको छ । उक्त कानून नै सिद्धान्तत : असमान र अमान्य घोषित गरि बदर गरि सकिएको अवस्थामा उपरोक्त उल्लेखित तथ्यहरू रोहमा पुनः उक्त स्त्री अंशधनको २ नं. जगाई दातालाई नपाल्ने अंशियारकै मञ्जुरीबाट मात्रै सम्पत्ति उपभोग गर्न पाउँछ भन्नु कानून, न्याय र समन्यायको विषयबाट समेत मिल्ने देखिन नआउने । (प्रकरण नं.२२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7864
मुद्दाको विषयशेषपछिको वकसपत्र लिखतवदर
निर्णय वर्ष / मिति2064/05/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7864
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्