नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7858 · वि.सं. २०६४
नि.नं. 7858 — अपुताली हक कायम दर्ता चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सँगै बसेका सबै अंशियार मरी अपुताली पाउने भएमा सबै अंशियारको छोरीले बाँडी खान पाउने अवस्था बाहेकको अवस्थामा जो मरी अपुताली परेको हो उसैको छोरीले अपुताली पाउने कानुनी व्यवस्था भएकोमा एक मात्र सन्तान छोरी भएको अवस्थामा निजले बाबुको अपुतालीमा दावी गर्न नपाउने भन्न तत्कालिन अपुतालीको २ र ४ नं. को व्यवस्थाले मिल्ने नदेखिने । (प्रकरण नं.१४) § वादीका बाबु समेतका अंशियाराहरू बीच अंश नभएको भन्ने तथ्यमा कुनै विवाद नदेखिँदा अंश नभै संगोलमा बसेका अंशियार अंशवण्डा नहुँदै मृत्यु भै अपुताली परेमा अंशवण्डा नभै सम्पत्ति नछुट्टिएको कारणले अपुतालीको हैसियत कायम नहुने भन्न अपुतालीको महलको तत्कालको ४ नं. ले भिन्न नभैसँग बसेका अंशियार सबै मरी अपुताली परेमा सबै अंशियारका छोरीले बाँडी खान पाउने र पछिबाट जो मरी अपुताली परेको हो उसै तिरका छोरीले अपुताली पाउँछन् भन्ने भएबाट अंशवण्डा भै वण्डा छुट्टिनु पर्ने अवस्था नदेखिने । (प्रकरण नं.१५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7858 |
|---|---|
| मुद्दाको विषय | अपुताली हक कायम दर्ता चलन । |
| निर्णय वर्ष / मिति | 2064/06/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7858 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
