नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7856 · वि.सं. २०६४
नि.नं. 7856 — जग्गा हदबन्दी छानविन
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ हदबन्दी भन्दा बढी भई सरकारले कानून बमोजिम प्राप्त गरेको जग्गा केवल जग्गा रोक्का र दा.खा. नामसारी हुन बाँकी रहेको मात्र कारणले आफै पुनरावेदक भै अदालतमा समेत मुद्दा चली आफू सफल नभएपछि उनाउ व्यक्तिहरूलाई बिक्री वितरण गर्ने कार्य पुनरावेदकले असल नियतबाट गरेको मान्न नमिल्ने । (प्रकरण नं.१७) § तह तह फैसला हुँदै हदबन्दी भन्दा बढीको जग्गा समर्पण गर्नुपर्नेमा अदालतको निर्णय बदल्ने उद्देश्यले बिक्री गर्दै जाने र बाँकी जग्गाहरू त्यसको सोधभर्ना गर्नु नपर्ने ठहर्याउने हो भने निवेदकले हदबन्दी भन्दा बढी जग्गा राख्न पाउन दिए सरहको परिणाम निस्कन जान्छ । यसबाट एकातिर कानून र फैसलाहरूको अवहेलना हुने गरी गरेका कार्यले समेत मान्यता पाउने हुन्छ भने अर्कोतिर त्यस्तो गर्ने पक्षबाट नै बाँकी जग्गाबाट सोधभर्ना हुन सक्ने अवस्थामा पनि त्यसलाई छाडी निवेदकको त्यस्तो कानून विपरित हुने गरी गरेको कार्यबाट तेस्रो पक्षले अनाहकमा असुविधा र नोक्सानी व्यहोर्नु पर्ने । § आफ्नो कानूनी दायित्व र कर्तव्य पुरा गर्नुपर्नेमा सो नगरी आफ्नो बाँकी रहेको जग्गालाई सुरक्षित राखी पाउन र आफूलाई उम्काई तेस्रो पक्षलाई असर पर्ने गरी गरेको कार्यबाट आफ्नो दायित्व तेस्रो पक्षमा सार्न पाउँछ भन्न पनि नमिल्ने भएकोले कानून र समन्यायको दृष्टिकोणबाट समेत निवेदकसँग नै बाँकी रहेको जग्गाबाट निजले हदबन्दी भन्दा बढी भै समर्पण गर्नुपर्ने । (प्रकरण नं.१८) § नियमित कानूनी उपचारको क्रममा तह तहबाट विवादको निराकरण भै विवाद अन्तिम भएर बसेको अवस्थामा उक्त निर्णयको विपरीत हुने गरी मौजुदा कानूनी व्यवस्थाको ठाडो वर्खिलाप हुने गरी न्यायको मान्य सिद्धान्त समेतको विपरीत गरी वादी दावी पुग्न नसक्ने ठहर्याएको पुनरावेदन अदालतको रायसँग सहमत हुन नसकिने । § भूमिसुधार कार्यालयले अनुसूची प्रकाशित गरे पश्चात विवाद परेमा विवादको अन्तिम निर्णय भएपछि वा त्यसरी अनुसूची प्रकाशित भएपछि सो जग्गामा सम्बन्धित जग्गावालाहरूको हक तथा अधिकार स्वतः समाप्त हुने । (प्रकरण नं.१९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7856 |
|---|---|
| मुद्दाको विषय | जग्गा हदबन्दी छानविन |
| निर्णय वर्ष / मिति | 2064/05/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7856 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
