नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7853 · वि.सं. २०६४
नि.नं. 7853 — उत्प्रेषण, परमादेश लगायत जो चाहिने उपयुक्तआदेश वा पूर्जी जारी गरि पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० बमोजिम संस्थापित उक्त विश्व विद्यालय एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित सँगठित संस्था रहेको हुँदा त्यस्तो कानून बमोजिम स्थापित संस्थाले कानूनको परिधिभित्र रही आफ्नो कामकारवाही र कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ । कानूनी आधारको अभावमा गरिएको कुनै पनि निर्णयले अन्य दृष्टान्तको आडमा वैधानिकता प्राप्त गर्न नसक्ने । § अमूक– अमूक विश्वविद्यालयको शैक्षिक कार्यक्रम र परीक्षा नीति कस्तो रहने भन्ने कुरा तत्–तत् संस्थासँग सम्बन्धित ऐन, नियम विनियम र निर्देशिका आदिले निर्धारण गरिने विषय हो । कुनै पनि विषयलाई नियन्त्रित गर्ने कुरा कानूनमा स्पष्ट रूपमा व्यवस्थित गरिएको हुनुपर्ने । § एक विद्यार्थीले एकै शैक्षिक सत्रमा एक भन्दा बढी कार्यक्रममा सहभागी भै परीक्षा दिन नपाउने र दिएको भएपनि त्यसको मान्यता नरहने भन्ने कुरा पूर्वाञ्चल विश्वविद्यालय ऐन, २०५० तथा सो को अधिकार अन्तर्गत निर्माण गरिएको पूर्वाञ्चल विश्वविद्यालय नियमावली, २०५३ को कुनै पनि प्रावधानले व्यवस्था गरेको नदेखिने । (प्रकरण नं.१९) § एक शैक्षिक सत्रमा एक भन्दा बढी परीक्षामा सहभागी हुन नपाउने विश्वविद्यालयको नीति र सो अनुसारको कानूनी व्यवस्था वहाल रहेको भए सोही आधार सहित निवेदिकाको परीक्षा फाराम नै अस्विकृत गर्नुपर्ने विपक्षी विश्वविद्यालयको दायित्व हुन आउने । § एक पटक परीक्षा फाराम स्विकृत गरी, परीक्षा दिने अनुमति दिई, परीक्षा उत्तिर्ण गरेको लब्धांकपत्र समेत वितरण गरिसकेपछि कुनै कानूनी आधार वेगर अघिबाट भए गरेको काम कारवाही र हासिल गरेको योग्यतालाई प्रतिकूल असर पार्ने गरि विपक्षी विश्वविद्यालयको कार्यकारी परिषद्बाट भएको निर्णय कानुनसम्मत रूपमा भएको भनी मान्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7853 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेश लगायत जो चाहिने उपयुक्तआदेश वा पूर्जी जारी गरि पाउँ |
| निर्णय वर्ष / मिति | 2064/05/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीन | माननीय न्यायाधीश श्री तप | माननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठको राय । | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठले रिट जारी गर्नु भएको रायसँग सहमत हुन नसक्ने हुनाले प्रस्तुत निवेदन सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाहको मिति २०६३।५।२७ को राय । | माननीय न्यायाधीश श्री राम प्रसाद श्रेष्ठको राय मनासिव ठहर्छ । रिट निवेदन खारेज हुने ठहराएको माननीय न्यायाधीश श्री राम कुमार प्रसाद शाहको रायसँग सहमत हुन सकिएन । दायरीको लगत कट्टा गरी फायल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7853 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
