नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7850 · वि.सं. २०६४

नि.नं. 7850 — उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निवेदकसँग सफाइको लागि स्पष्टीकरण नमागी ठाडो कारवाई भएको भए, कानूनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको भए, Excess Of Power गरेको भए, Errors of procedure वा न्याय परिषद ऐन, २०४७ मा तोकिएको कार्यविधि विपरीत गरी निर्णय गरिएको भए, कानूनको प्रयोगमा त्रुटि, Error of law गरिएको भए, कानूनले तोकिएको कुनै कर्तव्य पालना नगरिएको भए, failure to perform a duty गरिएको भए, बदनियत चिताई अधिकारको दुरूपयोग गरी निर्णय गरिएको bad faith or abuse of power गरी निर्णय गरिएको भए यस अदालतले असाधारण अधिकार प्रयोग गरी उपयुक्त आदेश जारी गर्न पर्ने अवस्था उत्पन्न हुनेमा त्यसको विपरीत परिषद्को सम्पूर्ण काम कारवाई र अपनाएको कार्यविधि संविधान र कानून अनुकूल देखिएको र पाइएकोले अदालतद्धारा हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं.३१) § संविधानले न्याय परिषदमा पाँच सदस्य मध्ये तीन सदस्य बहालवाला न्यायाधीश, एक सदस्य कानूनविद् र एक सदस्य मात्र कार्यपालिकाको प्रतिनिधित्व हुने व्यवस्था गरेको हुँदा बहुमतको निर्णय न्यायाधीशको हुने अर्थात नियुक्ति र बर्खास्ती आदिमा Primacy न्यायाधीशकै हुने हुँदा apparent error on the face of record देखिने त्रुटी नभएको अवस्थामा Judicial review गर्न आवश्यक नपर्ने । (प्रकरण नं.३३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7850
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाऊँ
निर्णय वर्ष / मिति2062/10/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको अध्यक्षतामा गठीत एक सदस्यीय जाँचबुझ समितिले पेश गरेको प्रतिवेदन समेतको आधारमा निज जिल्ला न्यायाधीशसँग सोधिएको स्पष्टीकरणको जवाफ समेत न्याय परिषदको बैठकमा पेश भएकोमा निज उपर न्याय परिषद ऐन
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7850
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्