नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7848 · वि.सं. २०६४

नि.नं. 7848 — भ्रष्टाचार (आलुको बिउ वितरण गर्दा बढी मोल लिई आलु रकम समेत हिनामिना गरेको)

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कुनै राष्ट्रसेवकले आफ्नो ओहोदाको वा सो सम्बन्धी काम कुरा गर्दा राष्ट्रिय वा सार्वजनिक सम्पत्ति वा आफ्नो नियन्त्रण वा जिम्मामा रहेको सरकारको वा सरकारी मान्यता प्राप्त कुनै संस्थाको चल अचल सम्पत्ति घट्न गएको वा न्यून हुन पुगेको वा मासिएको भएपनि भ्रष्टाचार ठहर्नका लागि नेपाल कानून वा आफूले गरेको शपथ, शर्त वा कवुलियत संझौता जानी जानी पालना नगर्नु, सुविधा वा अधिकार दुरूपयोग गर्नु, लापरवाही वा वद्नियत वा जालसाजी तत्वहरूको अनिवार्यता भई त्यस्तो कार्य गरेको हुनु जरुरी देखिने । (प्रकरण नं.४५) § आफ्नो बयान स्वहस्ताक्षरबाट लेखिँदैमा त्यस्ता लेखक प्रतिवादीहरूले आफ्नो लेखात्मक बयानमा स्वेच्छाले आफ्नो राजीखुशीपूर्वक नै लेखे होलान भन्न सकिने स्थिति नभई निजहरू उपर शारीरिक तथा मानसिक एवं त्यस्तै अन्य प्रकारले डर, धाक, धम्की एवं अनुचित दवाव पार्न सक्दैन भनी अनुमान गर्न सकिने अवस्था नहुने । (प्रकरण नं.४६) § भ्रष्टाचारको कसूर गरेको भन्ने प्रमाणको भार प्रमाण ऐन, २०३१ को दफा २५ बमोजिम अभियोजन पक्षले खम्विर गराउन सकेको समेत नदेखिई सोको पुष्टयाई गर्ने शंकारहित र दुविधारहित ठोस, स्पष्ट, भरपर्दो र तथ्यपूर्ण प्रमाण समेत रहे भएको नदेखिँदा भ्रष्टाचार जस्तो व्यक्ति मात्रको नैतिकतासँग सम्बन्धित अभियोगमा कसूरदार ठहर्‍याउन न्यायोचित समेत नहुने। (प्रकरण नं.४७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7848
मुद्दाको विषयभ्रष्टाचार (आलुको बिउ वितरण गर्दा बढी मोल लिई आलु रकम समेत हिनामिना गरेको)
निर्णय वर्ष / मिति2063/12/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7848
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्