नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7847 · वि.सं. २०६४
नि.नं. 7847 — अग्नी बिमादावी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अन्तरिम कभरनोटको बिमा कभर गरिएको व्यहोरामा यस कभरनोट अन्तर्गत अग्नी अतिरिक्त हुलदंगा, द्धेषपूर्ण कार्य र आतंकवादबाट विमितको क्षति भएमा समेत थप सुरक्षण प्रदान गरिनेछु भन्ने व्यहोराबाट अग्नीका कारण भएको क्षति मात्र व्यहोरिने भनी अर्थ गर्न नमिल्ने। § अन्तरिम कभरनोट बिमा गराएपछि गराइएको बिमाको बिमा लेख विमितलाई दिनुपर्ने कर्तव्य र बिमा गराउँदाको अवस्थामा भएको शर्त अनुसार बिमा गराइएको वस्तुको सुरक्षण प्रदान गर्नुपर्ने दायित्व राष्ट्रिय बिमा संस्थानको हुने । (प्रकरण नं.२०) § बिमा गराइएको वस्तुको क्षति भएको अवस्थामा क्षति वापतको रकम भुक्तानी दिनुपर्ने दायित्व भएको राष्ट्रिय बिमा संस्थान जस्तो निकायले आतंकवादको सम्बन्धमा बिमा लेख जारी नभएको भनी बिमाको अन्तरिम कभरनोट मार्फत सुरक्षण प्रदान गरेको आतंकवाद वापतको जोखिमका सम्बन्धमा रकम भुक्तानी गर्नबाट पन्छिन नहुने । (प्रकरण नं.२१) § आतंकवादी समूहले लुटपाट गरी दिएको र बिमा वापत प्रिमियम समेत बुझाएको अवस्थामा आतंकवादबाट भएको चोरी लुटपाटको सम्बन्धमा बिमा गरेको छैन र आतंकवादको बिमालेख जारी भएको छैन भन्ने राष्ट्रिय बिमा संस्थानको भनाइसँग सहमत हुन नसकिने । (प्रकरण नं.२२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7847 |
|---|---|
| मुद्दाको विषय | अग्नी बिमादावी |
| निर्णय वर्ष / मिति | 2063/11/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7847 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
