नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7846 · वि.सं. २०६४
नि.नं. 7846 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ के कस्तो प्रसारण यन्त्र प्रयोग गरी नेपाल वान टेलिभिजनले कहाँबाट कसरी प्रसारण गरिरहेको छ, कानून प्रतिकूल गै प्रसारण गरे नगरेको भन्ने तथ्ययुक्त विषयसँग सम्बन्धित निकाय सूचना तथा सञ्चार मन्त्रालय रहेको, सूचना तथा सञ्चार मन्त्रालयले नै नेपाल वान टेलिभिजन भारतमा दर्ता भई भारतीय भूमिबाट भू–उपग्रहको माध्यमबाट प्रसारण भएको संस्था भनी लिखित जवाफ फिराए पछि निवेदन जिकिर बमोजिम नेपालबाट नै नेपाल वान टेलिभिजनले कार्यक्रम प्रसारण गरेको भनी अदालतले सम्झनु पर्ने अवस्था नरहने । (प्रकरण नं.९) § राष्ट्रिय प्रसारण ऐन, २०४९ को दफा ९ को व्यवस्था स्याटेलाईट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसारण केन्द्र नेपालमा स्थापना गरी कार्यक्रम प्रसारण गर्न नेपाल सरकारको स्वीकृती लिनु पर्ने कुरासँग सम्बन्धित हुँदा उक्त कानूनी प्रावधान भारतमा प्रसारण केन्द्र स्थापना भै प्रसारण हुने टेलिभिजन च्यानलका हकमा आकर्षित नहुने । (प्रकरण नं.१०) § नेपाल वान टेलिभिजन नेपालमा के कसरी प्रसारण भएको छ सो को जानकारी पाउनु पर्ने भन्ने निवेदन जिकिर लिएकोमा निवेदकले जानकारी राख्न खोजेको विषयमा जानकारी प्राप्त गर्न सक्ने अवस्था रहेको, नेपाल वान टेलिभिजनको स्याटेलाईट तथा केवुल टेलिभिजन सम्बन्धी नेपालमा भू–उपग्रह प्रसारण केन्द्र स्थापना गरी प्रसारण भएको भन्ने कुरा नदेखिने। (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7846 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2064/04/32 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री गौरी ढकाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7846 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
