नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 784 · वि.सं. २०३०
नि.नं. 784 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) साविक दण्ड सजायको २८ हाल अदालती बन्दोवस्तको ७४ दफाको १ नं.–तिरोको हिसाबले जग्गाको मोल बिगो कायम गर्न मिल्ने नदेखिने । कोर्टफी लिने सम्बन्धमा कोर्टफी ऐन, ०१७ को दफा ४ को उपदफा (२) मा जग्गा जमीनको हकमा सो जग्गा खरीद बिक्री भई कायम भएको या त्यसबखत प्रचलित मोल बिगो खुलाउनु पर्ने र दफा ६ को खण्ड (क) मा सोही मोल बिगोको हिसाबले शुरू कोर्टफी लाग्नेसमेत व्यवस्था भएकोले कोर्टफीको लागि उपरोक्त दफा ४ को उपदफा (२) अनुसारकै जग्गाको मोल बिगोको आवश्यकता पर्ने र न्यायप्रशासन विविध व्यवस्था (संशोधन) ऐन, ०२१ को दफा २ ले संशोधित मुल ऐनको दफा ८ को उपदफा (२) को खण्ड (ख) अनुसार सोही मोल बिगोबाट हद मुनी माथिको छुट्याउनु पर्नेसमेत कानूनी व्यवस्था प्रष्ट छ यस्तो कोर्टफी लाग्ने मुद्दामा साविक दण्ड सजायको २८ हालको अदालती बन्दोबस्तको ७४ नं.१ दफाबमोजिम तिरोको हिसाबले जग्गाको मोल बिगो कायम गर्न कानूनले मिल्ने देखिँदैन कोर्टफी लिँदा भने पुनरावेदनमा खुलाएको बिगोलाई कायम मानी कोर्टफी लिने हद माथी मुनी छुट्याउँदा भने तिरोको हिसाबले मोल बिगो कायम गरी हदमाथी मुनी छुट्याउने यस्तो हुन कानूनको प्रयोगमा असमान्जस्य हुन जान्छ । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 784 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2030/06/07 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 784 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
