नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7838 · वि.सं. २०६४
नि.नं. 7838 — उत्प्रेषणयुक्त परमादेश समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ जसलाई व्याख्या गर्ने अधिकार कानूनले प्रदान गरेको छ त्यसले गरेको व्याख्या नै अन्यथा प्रमाणित नभएसम्म आधिकारिक हुन्छ भनी मान्नुपर्ने हुँदा संचालक समितिले गरेको व्याख्या कसैको स्वार्थमा भयो वा भएन भन्ने आधारमा त्यस्तो व्याख्यालाई गलत व्याख्या भन्नु मनासिव नहुने । § निवेदकको शैक्षिक योग्यताको अंक प्रदान गर्नेसम्बन्धी दावी यही व्याख्याको प्रशंगमा आएको र कानूनले शैक्षिक योग्यताका सम्बन्धमा व्याख्या गर्न संचालक समितिलाई अधिकार प्रदान गरेको अवस्थामा कानूनबमोजिम अधिकारप्राप्त संचालक समितिले शैक्षिक योग्यताको अंक प्रदान गर्ने सम्बन्धमा गरेको व्याख्यालाई संचालक समितिले गलत व्याख्या गरी निवेदकको शैक्षिक योग्यता वापतको अंक प्रदान नगरेको भनी मान्न नमिल्ने । (प्रकरण नं.१८) § निवेदकले आफ्नो शैक्षिक योग्यता वापतको प्राप्ताङ्क (Seen number) थाहा पाई मौकैमा विरोध नगरी सो तथ्यलाई स्वीकार गरी सम्पूर्ण बढुवा प्रक्रियामा निज समावेश भएको देखिँदा आफ्नो प्राप्ताङ्क (Seen number) थाहा पाई त्यसलाई स्विकारी बढुवा प्रक्रियामा सामेल भई त्यसको अन्तिम नतीजा निस्केपश्चात मात्र सोही प्रश्नलाई विवादको रुपमा उठाई अदालतमा आएको स्थितिलाई उपयुक्त मान्न नमिल्ने । (प्रकरण नं.१९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7838 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश समेत |
| निर्णय वर्ष / मिति | 2064/02/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7838 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
