नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7837 · वि.सं. २०६४

नि.नं. 7837 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लिखतमा रीत पुगे नपुगेको भन्ने शव्दले लिखतको विषय वस्तुमा समावेश गरेको तथ्य तर्फ ईगिंत गरेको नभई लिखतको ढाँचा दस्तुर, सम्बन्धित पक्ष विपक्षको नाम, थर, ठेगाना, दस्तखत मिति आदि जस्ता प्राविधिक पक्षलाई ईगिंत गरेको मान्नुपर्ने । (प्रकरण नं.२०) § फिरादपत्रमा उल्लिखित तथा दावी लिइएको कसूर वा प्रश्न अन्तर्गत पर्ने नपर्ने भनी निर्क्र्यौल गर्ने कार्य प्राविधिक प्रकृतिको कार्य नभई मुद्दाको विषयवस्तु अन्तर्गत इजलासबाट न्यायिक विवेचना गरी निक्र्यौल गर्नु पर्ने कार्य हुन आउँछ । मुद्दाको विषय वस्तु भित्र प्रवेश गरी फिरादपत्र दरपीठ गरिदिने अधिकार तथा कर्तव्य श्रेस्तेदारलाई प्राप्त भएको स्थिति नदेखिँदा फिरादमा उल्लेख भएको तथ्यलार्ई करकापको परिभाषा भित्र समावेश गरी श्रेस्तेदारबाट भएको आदेशमा अधिकार क्षेत्रात्मक त्रुटीका अतिरिक्त जिल्ला अदालत नियमावली, २०५२ को नियम १५(२) बमोजिमको त्रुटि समेत रहेको देखिने नआउने । (प्रकरण नं.२४) § शुरु अदालतबाट उपचार पाउन सक्ने कुरामा पिडितले मुद्दा गर्दै यस सर्वोच्च अदालत सम्म आई पुग्न पर्ने स्थिति उत्पन्न हुनुलाई जिल्ला तथा पुनरावेदन अदालतबाट आफूमा निहित रहेको सच्याउने अधिकार क्षेत्र (Correctional Jurisdiction) को समुचित प्रयोग हुन नसकेको भन्ने कुरामा द्धिविधा नरहने । (प्रकरण नं.२७) § न्याय सम्पादनमा अदालतले बलियो र कमजोर भनेर भेद गर्ने कुरा हुँदैन । किनकी आफू समक्ष न्यायको याचना गर्न आएका हरेकलाई सम्मान गर्नु यथोचित विधि प्रकृया अनुसार उनीहरूका कुरा सुन्नु न्याय दिनु, गर्नु अदालतको मूल धर्म हो । आफ्नो यस मूल धर्म निर्वाह गर्ने कुरामा साधन, श्रोत र पहुच भएकाहरू पक्ष भएका मुद्दामा कमजोर देखिएका पक्षका सम्बन्धमा भने अदालत चनाखो हुन आवश्यक हुने । (प्रकरण नं.३०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7837
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2063/12/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री पवनकुमार ओझा
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7837
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्