नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7832 · वि.सं. २०६४
नि.नं. 7832 — हक निखनाई पाउँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एउटै कित्ता अंशवण्डाको प्रयोजनको लागि वाँडफाँड हुँदा साँध सिमाना नजोडिने भन्ने अवस्था रहदैन । तर, साँध सिमाना जोडिएकै एकमात्र आधार कारणले सन्धीसर्पन परेको मान्न नसकिने। (प्रकरण नं.१४) § सन्धीसर्पनको सम्बन्धमा लेनदेन व्यावहारको ११ नं. ले परिभाषा नगरेपनि त्यस्तो स्थान ठाउँलाई मान्नुपर्ने हुन्छ जुन ठाउँ, स्थानको उपयोग र प्रयोग बिना त्यससँग सम्बन्धित अर्को ठाउँ विशेषको उपयोग हुदैन । सन्धिसर्पनका लागि एउटा जग्गा नभइ अर्को जग्गामा आवत जावत निकास बाटो बन्द हुनु वा पानी लाने लगाउने खेती लगायतका अन्य कार्य गर्न नपाउने हुनु पर्दछ । एउटा जग्गाको उपयोग र उपभोग अर्को जग्गामा पुर्णतया निर्भर रहेको हुनुपर्ने । (प्रकरण नं.१६) § खेतीयोग्य जग्गाको हकमा दुई जग्गा वा कित्ताको साँध जोडिदैमा एक अर्काको सन्धिसर्पन पर्ने भनी सम्झन वा अर्थ गर्न मिल्दैन । साथै त्यसले भोग बिक्री समेत गर्न पाउने सम्पत्ति सम्बन्धी अधिकारलाई सीमित गरेको समेत अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7832 |
|---|---|
| मुद्दाको विषय | हक निखनाई पाउँ । |
| निर्णय वर्ष / मिति | 2064/03/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7832 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
