नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7830 · वि.सं. २०६४
नि.नं. 7830 — किर्ते ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ पुनरावेदक प्रतिवादीहरुले उक्त लिखत किर्ते हो भन्ने जानकारी हामीलाई थाहा थिएन भनी लिएको जिकिर लाई लिखत गरिदिनेको लोग्ने नै लिखतमा साक्षी बसी कारणी सही हो भनी विश्वास दिलाएबाट पुष्टि हुन्छ भने आफ्नो श्रीमतीलाई कारणी देखाई भएको ब्यवहारमा कारणी होइन कि भनी लेखनदास तथा किन्ने तर्फका साक्षीले शंका गर्न पर्ने सम्मको अवस्था नहुने। § लिखत किर्ते हो भन्ने जानकारी निजहरुलाई थियो भन्ने ठोस प्रमाण वादी पक्षबाट प्रस्तुत हुन सकेको पनि नपाइदा मुलुकी ऐन किर्ते कागजको १ नं. मा भएको ब्यवस्थामा जानी बुझी किर्ते कागजमा बस्ने साक्षीलाई मात्र वात लाग्ने र प्रस्तुत मुद्दामा यी पुनरावेदक प्रतिवादीहरुले दावीको लिखत किर्ते हो भनी जानी बुझी साक्षी बसेको भन्ने प्रमाणबाट प्रष्टसँग नदेखिएको अवस्थामा निजहरुले आरोपित कसूरबाट सफाई पाउने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7830 |
|---|---|
| मुद्दाको विषय | किर्ते । |
| निर्णय वर्ष / मिति | 2064/02/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री राजेन्द्रप्रसाद कोइराला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7830 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
