नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 783 · वि.सं. २०३०
नि.नं. 783 — उखडा जग्गा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कबुलियत रसिद नभएको भन्ने कारणलेमात्र उखडा कायम नहुने भन्न नमिल्ने । उखडामा कमाएको कबुलियत रसिदसमेतको लिखत सबूद प्रतिवादी तर्फबाट कुनै पेश दाखिल हुन नआएकोले उखडामा कमाएको मान्न नमिल्ने भन्ने मुल तर्क उठाइएको हकमा उखडा ऐन प्रारम्भ हुनु भन्दा पहिलेदेखि नै उखडामा जोती आएको उखडा सम्बन्धी ऐन, ०२१ को दफा २ परिभाषा (घ) मा बोल कबोलसम्म बाट कमाएको पनि उखडा मानिने व्यवस्था भएको र यस्तै उखडाको हो होइन भन्ने विवाद उठेकोमा कबुलियत रसिद नभएको पनि हुन सक्ने स्थितिलाई ध्यानमा राखी सोही उखडा सम्बन्धी ऐन, २०२१ को संशोधित दफा ८ को उपदफा (१) मा आवश्यकतानुसार सर्जमिन गराउन सक्ने पनि व्यवस्था भई राखेकोले कबुलियत रसिद नभएको भन्ने कारणलेमात्र उक्त स्थितिमा उखडा कायम नहुने भन्न मिल्दैन यस्तो कबुलियत रसिद नभएकोमा बुझिएका सर्जमिन भनाइकै मुल्यांकनको आधारमा उखडा हो होइन भन्ने कुराको निर्णय दिनु उपयुक्त हुने देखिन्छ । (प्रकराण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 783 |
|---|---|
| मुद्दाको विषय | उखडा जग्गा |
| निर्णय वर्ष / मिति | 2030/03/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री जयदेव भट्ट |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 783 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
