नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7823 · वि.सं. २०६४

नि.नं. 7823 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवाद समाधान गर्नुपर्ने कारण उत्पन्न भएको मितिबाटै विवाद समाधानको प्रक्रिया अपनाउनु पर्ने। § मध्यस्थता ऐन, २०५५ को दफा ६(१) बमोजिम मध्यस्थ नियुक्ति हुन नसकेको अवस्थामा सोही ऐनको दफा ७ (१) अनुरुप दुई अवस्थामा मध्यस्थ नियुक्ति सम्बन्धमा पुनरावेदन अदालतमा निवेदन गर्न सकिने । (प्रकरण नं.९) § कुनै पनि कार्य कानूनले तोकेको समय सिमा भित्र गरिएको छ वा छैन भन्ने कुरालाई विशेष रुपमा हेरिनु पर्ने । § कानूनले हदम्याद सम्बन्धी प्रावधान उल्लेख गरेको छ भने विवादको तथ्यमा प्रवेश गर्नु पूर्व त्यो हदम्याद भित्र आएको छ वा छैन भन्ने हेरिने हुँदा मुद्दा मामिलामा हदम्याद महत्वपूर्ण कडीको रुपमा रहेको हुन्छ । त्यो समय भित्र रहेर कानूनी प्रक्रिया अपनाएको खण्डमा मात्र त्यसले वैद्यता प्रप्त गर्ने हुँदा हदम्याद सम्बन्धी प्रश्नको निरुपण कानूनी प्रक्रिया हुने । § कानूनले व्यवस्था गरेको हदम्यादभित्र मध्यस्थको नियुक्ति सम्बन्धमा कारवाही चलाएको छ वा छैन भन्ने सम्बन्धमा विवाद उठेको अवस्थामा अदालतले तत्सम्वन्धी कानूनी प्रश्नलाई पन्छाउन नमिल्ने । § मध्यस्थता ऐन, २०५५ ले मध्यस्थ नियुक्तिको प्रक्रिया अपनाउनका लागि हदम्यादको ब्यवस्था गरेको पाईदा उल्लेखित हदम्याद भित्र सम्बन्धित पक्षले मध्यस्थ नियुक्तिको प्रक्रिया चलाएको छ वा छैन भन्ने प्रश्न अदालतले निरुपण गर्नुपर्ने नै भएबाट पुनरावेदन अदालतले हदम्यादमा प्रवेश गरी गरेको निर्णयमा कानूनको त्रुटि भएको नदेखिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7823
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2064/02/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६४, नि.नं. 7823
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्