नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7822 · वि.सं. २०६४
नि.नं. 7822 — उत्प्रेषण समेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निर्माण व्यवसायी नियमावली २०५६ को नियम २० मा ऐन तथा यस नियमावली बमोजिम श्री ५ को सरकारलाई प्रप्त अधिकार मध्ये घु वर्गको निर्माण व्यवसायीलाई इजाजत पत्र प्रदान गर्ने तथा खारेज गर्ने अधिकार श्री ५ को सरकारले जिल्ला बिकास समितिलाइ एक पटकमा पांच बर्षको अवधितोकी प्रत्यायोजन गर्न सक्नेछ भन्ने कानूनी व्यवस्था भएबाट इजाजतपत्र प्रदान गर्ने र नविकरण सम्बन्धमा कानून अनुसार अधिकार प्रत्यायोजन हुन नसक्ने भन्ने नदेखिने । (प्रकरण नं.११) § नेपाल अधिराज्यको संविधान, २०४७ को धारा १२(२) (ग) द्धारा प्रदत्त पेशा रोजगार गर्न पाउने हकमा समेत असर परेको भन्ने निवेदकहरुको भनाई रहेकोमा नेपाल अधिराज्यको संविधान २०४७ को धारा १२ स्वतन्त्रताको हकसँग सम्बन्धित रहेको र ऐ को १२(२)(ग) मा संघ संस्था खोल्ने स्वतन्त्रता सम्बन्धी व्यवस्था भएबाट निर्माण व्यवसायको ईजाजत पत्र प्राप्त गरी निर्माण व्यवसाय गर्ने कार्यमा सहभागी रहेका निवेदकहरुले आफूहरुले चाहेको संस्था जनहित निर्माण व्यवसायी संघ खोलेको भन्ने निवेदनबाट नै देखिँदा निवेदकहरुलाई संघ संस्था खोल्नबाट बञ्चित गरेको भन्ने अवस्था समेत देखिन नआएबाट निवेदकहरुको स्वतन्त्रताको हकमा असर परेको भन्न नमिल्ने । (प्रकरण नं.१२) § जिल्ला निर्माण व्यवसायी संघ मार्फत आफ्नो ईजाजत पत्र समेत नविकरण गराउँदै आएकोमा हाल आफूहरुले छुट्टै जनहित निर्माण व्यवसायी संघको सदस्यता लिएको कारण सो संघको सिफारिस मार्फत इजाजत पत्र नविकरणको लागि जिल्ला विकास समितिमा निवेदन गरेको भन्ने देखिँदा कानूनले व्यवस्था गरे भन्दा विपरितको संघको सिफारिसको आधारमा नविकरण हुन पर्ने भन्ने निवेदकहरुको भनाई कानून अनुरूप नदेखिने । (प्रकरण नं.१३) § निर्माण व्यवसायी ऐन, २०५५ को दफा ५ को उपदफा २ मा स्पष्ट रुपमा ईजाजत पत्रको नविकरण तोकिएको अधिकारीले तोकिए बमोजिम गराउन पाउने भन्ने व्यवस्था रहेको र निर्माण व्यवसाय नियमावलिमा समेत इजाजत पत्रको नविकरण गर्ने गराउने प्रकृया उल्लेख भएकोमा भौतिक योजना तथा निर्माण मन्त्रालय, निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिले “घ” वर्गको निर्माण व्यवसाय गर्न इजाजत प्राप्त व्यवसायीहरुको हकमा परिपत्रको आधारमा नविकरण गराउने प्रकृया तोकिदिएकोमा सो व्यवस्थालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7822 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत |
| निर्णय वर्ष / मिति | 2064/03/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६४, नि.नं. 7822 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
