नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 780 · वि.सं. २०३०

नि.नं. 780 — लिखत पास

सिद्धान्त / नजिर सार (Headnote Summary)

(क) राजीनामाको व्यहोराको लिखतलाई छ्वमासी भन्ने शब्द उल्लेख भएकोसम्म कारणबाट अलिफार्छे लिखतको संज्ञा दिन नमिल्ने । (ख) आय टिकट टाँसिएको कारणले लिखतको व्यहोरा तर्फ ध्यानै नदिई पास गर्नु पर्ने लिखत होइन भन्न नमिल्ने । यसमा वादी दावीको ०२०।२।२६ को लिखत रजिष्ट्रेशन पास हुने नहुने के हो सो कुराको मुख्य निर्णय दिनुपर्ने हुन आएको छ उक्त लिखतको अन्तमा राजीनामा छ्वमासी लेखी भन्ने बोली परेकोबाट छ महिना नाघेपछि अर्को कागज गराउनु पर्ने स्थितिको कागज देखिएकोले अलिफार्छेको लिखतको संज्ञा दिन मिल्ने भन्ने तर्क उठाइएको हकमा जुनसुकै कागजको अर्थ गर्दा त्यसको सम्पूर्ण व्यहोराको अध्ययन नगरी एउटा वाक्य या शब्दसम्मलाई लिई कुनै अर्थ गर्न नमिल्ने सर्वमान्य कुरा हो उक्त लिखतको सम्पूर्ण व्यहोरा अध्ययन गरी हेर्दा थैली रू.४७५२।४० लिनु दिनु गरी २० सालका बालीदेखि जग्गा साहूले दर्ता भोग गर्न पाउनेसमेत बोली पारी जग्गा राजीनामा गरी दिए लिए राजीनामाको व्यहोरा प्रष्ट उल्लेख भएको र छ्वमासी भन्ने जुन शब्द छ त्यसको हकमा छ महिनामा रजिष्ट्रेशन अड्डामा गई रजिष्ट्रेशन पास गराउनु पर्ने लिखत भएबाट छ्वमासी भन्ने शब्द परेको पनि हुन सक्ने हुनाले यस्तो राजीनामाको व्यहोराको लिखतलाई उक्त छ्वमासी भन्ने शब्द उल्लेख भएकोसम्म कारणबाट अलिफार्छेको लिखतको संज्ञा दिन मिल्ने देखिँदैन, उक्त लिखतमा भएको सहिछाप आफ्नो होइन भन्ने प्रतिवादी वसन्तकुमारीले नसकेकी र लिखतको मिति भन्दा ७ दिन अगावै छोरी भेट्न वीरगञ्ज गएको विरामी परी १ महिना वीरगञ्जमै छु २० साल माघ फाल्गुण कता हो आई चिनीको निमित्त दिने निवेदन हो भनी झुक्याई सही गराएकोले पास गरी दिनु नपर्ने भन्नेसमेत प्रतिवादीको मुख्य जिकिर भएको हकमा विरामी भई औषधी गराएको डाक्टरले जाँच गरी दिएको सर्टिफिकेट जवाफ नारानप्रसादसँग छ भनी प्रतिवादीमा प्रमाण दिएको सर्टिफिकेट भने दीर्घ जीवन औषधालय वीरगञ्जको कविराजको पेश हुन आएकोबाट वीरगञ्जमा विरामी भई डाक्टरसँग औषधी गराएको भन्ने प्रतिवादीको कुरै मिल्न नआएको र वादीले मलाई झुक्याई सही गराएको बारेमा मैले जिल्ला अदालतमा निवेदन पठाएको छु भन्ने प्रतिवादीमा उल्लेख गरेकी यदि वादीले झुक्याई सही गराएको साँचो भए सो कुरा पहिले नै आफूलाई थाहा भइसकेपछि त्यसरी निवेदन दिन सक्नेले सो लिखत बदर गराउन मौकैमा कानूनबमोजिम नालेस पनि गर्न सक्नुपर्ने सो गरेको पनि देखिन नआएको प्रतिवादी लेखाई अनुसार चिनीको पूर्जि गराउन पनि आफ्नो लोग्ने गोविन्दप्रसाद स्वयम् नगरपञ्चायतमा गइरहेको छँदै बीचको मानिसले चिनीको निमित्त दिने निवेदन भनी सहिछाप गराउन ल्याएको विश्वास मानी निवेदन भन्ने पत्यारै नपर्ने किसिमको उक्त लिखतको शीर पुछार र शीरमा टिकट टाँसिएकोसमेत धेरै ठाउँमा दायाँ वायाँ सहिछाप गरी दिए होलिन् भन्ने कुरा विलकुलै पत्यारलायक पनि नभएकोसमेत बाट झुक्याई सहिछाप गराएको जालसाजी भन्ने प्रतिवादीको जिकिर साँचो देखिन आएन उक्त लिखतको किनारामा लोग्ने गोविन्दप्रसाद भनी साक्षी लेखेको ठाउँमा भएको हस्ता सही मेरो होइन भन्ने गोविन्दप्रसादको भनाई भएको हकमा निज आई पदमा बहाल छँदा रामरोज राईको उजूर परेको खुन मुद्दाको मौका सर्जमिन मुचुल्काको काम तामेलीमा भए गरेको निज गोविन्दप्रसादको हस्ता सहीसँग भिडाउँदा उक्त राजीनामा लिखतमा अस्वभाविक किसिमले अक्षर टाढा पारी अक्षर लेखी सही गरेकोबाट सामान्य हेर्दा केही फरक जस्तो वादी सही गरे पनि लिपी टाँका मिलेकै देखिन आएकोबाट उक्त राजीनामामा लिखतको साक्षीमा भएको हस्ता सही मेरो होइन भन्ने निज गोविन्दप्रसादको जिकिर पनि साँचो देखिँदैन राजीनामा भए शीरमा आय टिकट टाँसिनु नपर्ने टाँसिएकोबाट पास गर्नु पर्ने लिखत होइन भन्न नमिल्ने भन्नेसमेत प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनु भएको हकमा राजीनामामा आय टिकट टाँस्नु नपर्ने भन्ने कुराको राम्रो ज्ञान हुन नसकेकोबाट पनि लिखत टाँसेको हुन सक्ने त्यतिकै कारणले लिखतको व्यहोरा तर्फ ध्यान नदिई पास गर्नु पर्ने लिखत होइन भन्न नमिल्ने उपरोक्त उल्लेख भएबमोजिम प्रतिवादीको लोग्ने गोविन्दप्रसादले साक्षीमा सहिछाप गर्दा अक्षर बिगारी सहिछाप गर्नु प्रतिवादीले मलाई झुक्याई सही गराएमा भनी अदालतमा निवेदन पठाउनुसमेत पहिले नै अन्य विचारको नियत राखी पछि झुक्याएको जालसाजी भन्न नसकिने प्रपञ्च मिलाउँदै आएको भए पनि वास्तवमा उक्त लिखतका बुझिएसम्मका अरू लिखत बखत साक्षीहरूको बयान गराईसमेत बाट उक्त राजीनामा लिखत खास भए गरेको सद्दे साँचो व्यवहारको प्रमाणित हुन आएकोसमेत हुँदा झूक्याएको जालसाजी लिखत हुँदा पास गरी दिनु नपर्ने भन्ने निवेदक प्रतिवादीको जिकिर पुग्न सक्दैन उक्त लिखत पास हुने ठहराई ०२७।९।९।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेकोले मुद्दा दोहर्‍याएमा निवेदक प्रतिवादीलाई अरू सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.780
मुद्दाको विषयलिखत पास
निर्णय वर्ष / मिति2030/06/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रंगनाथ उप्रेती | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 780
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्