नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 779 · वि.सं. २०३०

नि.नं. 779 — घर चलन चलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बन्धकी लेखिएको घर बन्धकी लिखत कायम छँदै चलन चलाई दिन कानूनले मिल्ने नदेखिने । यसमा चलन चलाई पाउँ भनी वादीले दावी लिएको घर वादीलाई चलन चलाई दिन मिल्ने नमिल्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ उक्त निर्णयको लागि दुवै पक्षले आधार लिएको पहिले परेको घर खिचोला मुद्दामा ०२५।९।२४ को डिभिजन बेञ्चबाट भएको निर्णय के कस्तो रहेछ भनी हेर्दा उमादेवीको नाउँबाट दर्खास्त परी उमादेवीका नाउँमा बनेका घर निजको मञ्जूरी बेगर बण्डापत्रमा अरूको भागमा पारेको सदर हुन नसक्ने एकाको नाउँमा बनेको घरमा अरूको पनि हक लाग्छ भन्न कानून व्यवहारले नमिल्ने भन्नेसमेत ठहर उल्लेख गरी उमादेवीको हक कायम गरेको भए पनि उमादेवीको लोग्ने सितलकाजीले रूद्रमानलाई गरी दिएको भनेको ०१३।८।१५ को बन्धकी लिखतको हकमा सो घर बन्धकीमा लिने साहूको बन्धकी बदर हुन्छ कि भन्नालाई उमादेवीले यसतर्फ बदर गरिपाउँ भनी उजूर बाजूरसमेत गरेको नदेखिँदा बन्धकी तर्फ अहिले अदालतले बोलिरहनु पर्ने अवस्था देखिँदैन भनी कुनै ठहर नगरेको देखियो आफ्नो घर अरूले बन्धकी लिखत पास गरी दिएको छ भने पनि बन्धकी लिखतबमोजिम सो घर बन्धकीवालाले नै भोगेको अवस्थामा सो लिखत बदर गराउनालाई कानूनबमोजिम नालेस उजूर गरेको भएमात्र उजूर गर्नेको हक देखिएमा बदर हुने स्थिति आउन सक्ने हो प्रस्तुत मुद्दामा सितलकाजीले रूद्रमानलाई गरी दिएको भनेको उक्त बन्धकी लिखत बदर गरिपाउँ भन्ने तर्फ वादीको कानून बमोजिमको दावी उजूर परेको नदेखिएको र कपाली भएको भन्ने भनाइको हकमा कपाली भएको कुनै कानूनी आधार प्रमाण देखाउँन पनि नसकेकीले यस्तो अवस्थामा त्यस्तो बन्धकी लेखिएको घर बन्धकी लिखत कायम छँदै वादीलाई चलन चलाई दिन कानूनले मिल्ने देखिँदैन, तसर्थ बन्धकी बदर नभएसम्म वा बन्धकी थैली बुझाउनु पर्नेले नबुझाएसम्म वा बन्धकी लेखिएको घर वादीलाई चलन चलाई दिन नमिल्ने भनी बागमती अञ्चल अदालतले ०२७।१।१०।५ मा छिनेको इन्साफ मनासिव ठहर्छ, ०२८।२।१४।६ को डिभिजन बेञ्चले वादीलाई चलन चलाई दिने ठहराएको इन्साफ मिलेको देखिएन अरू तपसीलबमोजिम गर्नु । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.779
मुद्दाको विषयघर चलन चलाई पाउँ
निर्णय वर्ष / मिति2030/06/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 779
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्