नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7745 · वि.सं. २०६३
नि.नं. 7745 — लिखत दर्ता वदर दर्ता ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ लेनदेन व्यवहारको १० नं. को व्यवस्थाबाट लेनदेन व्यवहारको १० नं. अनुसार फिराद गर्ने हकदैया सगोलका अंश नभएका अंशियारलाई मात्र रहे भएको स्पष्ट देखिन्छ । फिरादी जग्गा विक्रि गर्ने सिंहेश्वर वादी गणेशी यादवको अंशियार नदेखिएको अवस्थामा लेनदेन व्यवहारको १० नं. आकर्षित हुने अवस्था नदेखिने । § फिराद गर्दा लेनदेन व्यवहारको १० नं. पक्रि दायर गरेको अवस्थामा फिराद र माग दावी अनुसार उपचार प्राप्त गर्न सक्ने हो, होईन भन्ने कुराको विचार गर्नु पर्नेमा जग्गा मिच्नेको ९ नं. को आधारमा शुरुले लिखत वदर गरेको पाईन्छ । जग्गा मिच्नेको ९ नं. लाई नै आधार मान्दा पनि जग्गा मिच्नेको १८ नं. ले निर्धारण गरेको हदम्याद भित्र प्रस्तुत फिराद परेको नदेखिदा वादीको फिरादमा जग्गा मिच्नेको ९ नं. अनुसारको दावी नै नरहेको स्थितिमा दावी नै नरहेको कानूनी व्यवस्थाको आधारमा फैसला हुन नसक्ने । § अदालतले माग दावी बमोजिम हेर्नु पर्ने हुन्छ । माग दावीलाई एकातिर राखेर अदालतले फैसला गर्दा स्वेच्छाचारी मार्ग अवलम्वन हुन जान्छ । मर्का परेको आधारमा माग विपरित गै इन्साफ गर्न नमिल्ने । (प्रकरण नं.१३) § लेनदेन व्यवहारको १० नं. पक्रि दावी गर्ने हकदैया यी वादीलाई रहे भएको अवस्था नपाईदा लिखत वदर गरेको शुरुको इन्साफ उल्टी गरी फिराद खारेज गरेको पुनरावेदन अदालतको इन्साफ सदर हुने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7745 |
|---|---|
| मुद्दाको विषय | लिखत दर्ता वदर दर्ता । |
| निर्णय वर्ष / मिति | 2063/07/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री तप वहादुर मगर |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7745 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
