नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7741 · वि.सं. २०६३

नि.नं. 7741 — वहाल दिलाई घर खाली गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घर वहाल दिलाई घर खाली गरिपाऊँ भन्ने मुद्दामा घर वहालमा वस्ने र दिने पक्षहरु उही नै भएपनि तथा वहालमा दिए वसेको घर र घर भाडाको दर समेत एउटै भएपनि एक पटक एउटा अवधिको घर भाडा नदिएको अवस्थामा घर भाडा दिलाई घर खाली गरिपाऊँ भन्ने फिराद गरी उक्त विवादको निरुपण भैसकेको स्थितिमा पछि अर्को कुनै समय अवधिको घर वहाल नपाएको अवस्थामा पुनः उही पक्षहरु वीच पहिले मुद्दा दिएको भन्ने आधारमा घर वहाल दिलाई घर खाली गरिपाऊँ भन्ने फिराद दावी गर्नु अ.वं. ८५ नं. नं. को प्रतिकूल हुन नजाने । § घर वहाल भन्ने विषय वहालमा वसेको समयको आधारमा निर्धारण हुने र वहाल वस्नेले वहाल वुझाउनु पर्ने दायित्वसंग सम्वन्धित हुने सन्दर्भमा त्यस्तो दायित्व पुरा नगरेको अवस्थामा वहालमा वस्ने उपर वहालमा दिनेले त्यस्तो दायित्व पुरा गराई माग्न आवश्यकता अनुसार पटक पटक फिराद गर्नुपर्ने अवस्था पनि हुन जाने । § एउटा अवधिको वहालको लागी फिराद गरेको आधारमा पछि अर्को अवधिको वहालमा फिराद गर्न अ.वं. ८५ नं. आकर्षित नहुने । (प्र्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7741
मुद्दाको विषयवहाल दिलाई घर खाली गरिपाऊँ ।
निर्णय वर्ष / मिति2063/03/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7741
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्