नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7740 · वि.सं. २०६३

नि.नं. 7740 — सवारी ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सवारी दुर्घटनावाट तेश्रो पक्षको कुनै नोक्सानी भएको अवस्थामा क्षतिपूर्ति वापतको रकम पिडीत वा निजको हकवालाले पाउने तथा सो रकम वीमा कम्पनीले व्यहोर्नु पर्ने हुँदा वीमा कम्पनीले व्यहोर्नु पर्ने रकम भराइदिनका लागि सम्बन्धित बीमा कम्पनीलाई विपक्षी वनाउन मिल्ने । § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६३(१)(क) वमोजिम सवारी धनी वा व्यवस्थापकले तेश्रो पक्ष वीमा नगराएको अवस्थामा मात्र क्षेतिपूर्ति वापतको रकम दिने दायित्व निज सवारीधनी वा व्यवस्थापकको हुने हुँदा तेश्रो पक्ष वीमा गराएको अवस्थामा पनि सो क्षतिपूर्ति वापतको रकम सवारीधनीले व्यहोर्नु पर्ने भन्ने पुनरावेदकको जिकिर कानूनी व्यवस्था अनुकूल मान्न नसकिने । (प्रकरण नं.२५) § प्रस्तुत मुद्दामा सवारीधनीले रु.३,००,०००।– (तीनलाख) को तेश्रो पक्ष वीमा गराएको र दुर्घटना भई मानिस मरेमा सो वरावरको रकम बीमा कम्पनीले व्यहोर्न कबूल गरिएको भन्ने वीमा लेखवाट देखिएको र सोही रकम वापतको प्रिमियम पनि वीमा कम्पनीले सवारीधनीवाट लिएको अवस्थामा दुर्घटना भई मानिसको मृत्यु भएको देखिएको अवस्थामा त्यति रकम दिन नपर्ने भन्ने पुनरावेदक वीमा कम्पनीको जिकिर बीमाको सिद्धान्त, प्रचलीत कानून र वीमा लेखको शर्त समेतको प्रतिकूल हुँदा वीमालेखमा उल्लेखित रकम दिन नपर्ने भन्ने पुनरावेदकको जिकिर पनि मान्य हुन नसक्ने । (प्रकरण नं.२६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7740
मुद्दाको विषयसवारी ज्यान
निर्णय वर्ष / मिति2063/06/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7740
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्