नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7739 · वि.सं. २०६३
नि.नं. 7739 — अदालतको अपहेलना ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अदालतवाट भएको फैसला आदेश अटेर गर्ने अवज्ञा गर्ने, प्रवृत्तीले प्रोत्साहन पाएमा अराजकता बढ्न गई अदालतको जनआस्थामा नै नकारात्मक प्रभाव पर्ने हुँदा अदालतको फैसला वा आदेशको अवज्ञा गर्ने कार्यलाई फौजदारी कसूर मानिने । § भनाई वा लेखाईमा मात्र अदालतको सम्मान गर्ने भनेर मात्र अदालतको सम्मान एवं अदालतको निर्णय तथा आदेशको पालना हुंदैन । यथार्थमा अदालतको निर्णय वा आदेशलाई पालना गरेको कुरा विपक्षीहरुको काम कारवाही र व्यवहारवाट देखिनु पर्ने । § विपक्षीवाट पुनरावेदन अदालतवाट निषेधाज्ञा मुद्दामा भएको अन्तरिम आदेश बमोजिम निवेदकको कारखानामा उत्पादित चियामा जिल्ला विकास कर नलिनु भन्ने आदेश हुँदा हुदै सो आदेशको प्रतिकूल हुने गरी शुल्क उठाएको देखिन आउँछ । यसमा विपक्षीबाट सर्वप्रथम त लिनै नमिल्ने कर गैह्र कानूनी रुपमा असुल उपर गरी कानूनको वर्खिलाप काम भएको छ भने दोश्रो अदालतवाट त्यसरी कानून वर्खिलाप काम कारवाही वन्द गर भनी आदेश हुँदाहुँदै सो को पालना नगरी कर उठाएको स्थिति छ । यस स्थितिमा विपक्षीहरुको कार्यलाई कसूर ठहर्याई सजाय गर्नुपर्नेमा अदालतको अपहेलना गरेकै नठहर्याएकोपुनरावेदन अदालतको रायसंग सहमत हुन नसकिने । § अदालतको अपहेलनामा कारवाही गर्दा व्यक्ति हेरिदैन । प्रवृत्ति हेरिन्छ, कसूरवाट वच्न गरिएको अनुनय विनय हेरिदैन, न्याय अन्याय छुट्याइन्छ र कसूरदारलाई सजाँय र पीडितलाई न्याय प्रदान गर्नु अदालतको कर्तव्य हुन्छ । यसवाट नै जनआस्था वृद्धि हुने हुन्छ । तसर्थ पुनरावेदन अदालतले अपहेलनाको कसूरदार ठहर्याई सजायका हकमा सम्म विचार गर्नुपर्नेमा कसूरदार नै कायम नगरी गरेको फैसला उल्टी हुने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7739 |
|---|---|
| मुद्दाको विषय | अदालतको अपहेलना । |
| निर्णय वर्ष / मिति | 2063/01/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7739 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
