नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7738 · वि.सं. २०६३

नि.नं. 7738 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतमा बयान गर्दा जाहेरवाला र प्रतिवादीका बीच झगडा भएको भनी जाहेरी र अदालतमा भएको बयान एक आपसमा बाझिएकोले अदालतमा रिस इविलाग भै बच्चीलाई मार्ने नियत रहेको भन्ने जाहेरवालाको भनाईलाई अन्य प्रमाणको अभावमा विश्वास गर्न नसकिने । (प्रकरण नं. ३०) § आफुलाई खान भनी राखिदिएको भात कुकुरले खाई दिएको र भोकले सताएको भनेको प्रतिवादीले भातको सट्टामा रोटी टोक्दै गर्दा पुनः सोही कुकुर आई छोरालाई पकाई राखेको लिटो समेत खाई दिएको झोकमा कुकुरलाई हानेको ढुंगा कुकुरको गर्धनमा लागि उछिट्टिएर गएको ढुंगाले बच्ची विद्या योगीको टाउको पछाडि लागेकोमा अगाडि बच्ची सुताई राखेको देखेपछि ढुंगा जस्तो घातक वस्तुले कुकुरलाई हान्दा बच्चीलाई लाग्न सक्छ भन्ने कुरा पुनरावेदक प्रतिवादीले जान्नुपर्ने । § अगाडि बच्ची देख्दा देख्दै ठुलो ढुंगाले हानी बच्चालाई लाग्न गएको कार्यलाई पुनरावेदकको लापरवाही र हेलचेक्रयाई मान्नु पर्छ । प्रतिवादीको ज्यान लिने इविलाग वा मनशाय नभए पनि आफूले गरेको त्यस्तो कार्यले मानिस मर्ला भन्ने विचार गर्नपर्छ । कुनै काम कुरा गर्दा त्यसै द्वारा केही भै कुनै मानिस मर्न गएमा हाम्रो कानूनले त्यस्तो कार्य भवितव्य ठहर्ने । § आफु भन्दा अगाडि बच्चा सुताईरहेको देखिएको अवस्थामा झोलुंगो र आफू बीचमा कुकुर रही सो भन्दा पर झोलुंगो मा बच्चा रहेको अवस्थामा सानो बच्चीको लागी घातक हुन सक्ने ढुंगाले हानेको कारण बच्चीलाई टाउकोमा लागि सोही चोट पीरका कारण बच्ची विद्या योगीको सोही दिन मृत्यु भएको घटनामा प्रतिवादीलाई ज्यान सम्बन्धी महलको ६(२) नं. बमोजिम होस नपुर्‍याई वा हेलचेक्र्याई गरी कुनै काम गर्दा भवितव्य परेकोमा पाँचसय रुपैया सम्म जरिवाना र २ वर्ष कैदको सजाय समेत हुने ठहराएको फैसला मनासिब ठहर्ने । (प्रकरण नं. ३१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7738
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2063/06/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री ताहिरअली अन्सारी
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7738
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्