नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7737 · वि.सं. २०६३

नि.नं. 7737 — हक कायम समेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफ्नो हकको जग्गा अरु कसैले कुनै व्यहोराले दर्ता गरे गराएको कुरा थाहा पाएको मितिले ६ महिनाभित्र नालेस गर्न पर्ने हदम्यादको कानूनी प्रावधान २०३४।९।२७ मा मुलुकी ऐनमा भएको सातौं संशोधनले जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं.लाई संशोधन भए पछि मात्र आएको देखिन्छ । मुलुकी ऐन सातौं संशोधन पुर्व मिति २०२३।११।२३ मा गरेका दर्ता बदर गर्न त्यसपछि मिति २०३४।९।२७ मा भएको संशोधित हदम्यादको व्यवस्था लाग्न नसक्ने। § तत्काल प्रचलित ऐनले तोकेको हदम्यादभित्रै नालेस लिई आउनु पर्छ, हदम्याद नाघि परेको फिराद पत्रका आधारमा तथ्यभित्र प्रवेश गरी प्रमाणको मूल्याङ्कन गरी इन्साफ गर्न नमिल्ने । § प्रस्तुत मुद्दामा बिवादित जग्गा प्रतिवादीका नाउँमा दर्ता भएका मितिले उक्त तत्काल प्रचलित जग्गा पजनीको १७ नं.र जग्गा मिच्नेको १८ नं.ऐनको हदम्याद २ बर्ष भित्र फिराद परेको देखिदैन । त्यसरी ऐनले तोकिएको हदम्याद नाघि परेको फिरादबाट तथ्यमा प्रवेश गरी इन्साफ गर्न मिल्ने अवस्था नरहने । (प्रकरण नं.१६) § मिति २०२३।११।२३ मा प्रतिवादीहरुले गरेको दर्ता बदर गर्न वादीहरुले मिति २०५१।४।१७ मा दायर गरेको फिरादलाई हदम्याद भित्रको मान्न नमिल्ने । § प्रस्तुत फिराद ऐनले तोकेको हदम्याद २ बर्षभित्र परेको देखिन नआई सो हदम्याद नाघि परेको देखिँदा अ.बं.१८० नं.ले फिराद खारेज हुने । (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7737
मुद्दाको विषयहक कायम समेत ।
निर्णय वर्ष / मिति2062/12/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री पवनकुमार ओझा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7737
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्