नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7734 · वि.सं. २०६३
नि.नं. 7734 — उत्प्रेषण लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ निवेदक कम्पनीले स्पष्टिकरण पेश गर्दा आफूले कोरिया पठाएको कामदारको संख्या ३८५६ जना मात्र उल्लेख गरेको तर कोरियाको Small and Medium Business (KFSB) ले Ministry of Labor and Transport Management लाई मिति ३१ मे २००४ मा लेखेको पत्रमा लुम्बिनी ओभरसिज कन्सर्नले ५५८३ जना कामदार कोरिया पठाएको भनी उल्लेख गरेको देखिएबाट निवेदकले कानून बमोजिमको सही तथ्यांक सम्बन्धित निकायमा पेश गरेको नदेखिने । § निवेदकको भनाई र बास्तविक तथ्यमा फरक देखिन आउँदा निवेदकले उल्लेख गरेको तथ्यांकलाई ग्रहण गर्न सकिने अबस्था नरहने । § प्रस्तुत निवेदनमा निवेदकले सफा,स्वच्छ हात लिई अदालतमा प्रवेश गरेको नभै तथ्यलाई गलत रुपमा प्रस्तुत गरी अदालतलाई सही र वास्तविक तथ्याङ्क एवं व्यहोरा उपलब्ध नगराई निवेदन दिएको देखिएकोले निवेदकको निवेदन माग बमोजिमको उपचार प्रदान गर्न सक्ने अबस्था नदेखिने । (प्रकरण नं.१७) § निवेदक कम्पनीले वैदेशिक रोजगार ऐन २०४२ एवं नियमावली २०५६ बमोजिम श्री ५ को सरकार,श्रम तथा यातायात व्यबस्था मन्त्रालयको स्वीकृति नलिई १७२७ जना कामदार कोरिया पठाएको, सोको कानूनबमोजिम तिर्नुपर्ने राजस्व नतिरेको भन्ने तर्फको कारवाई आदि व्यहोरा सही रुपमा प्रस्तुत नगरी स्वच्छ हृदय र सफाहात लिई अदालतसमक्ष आएको नदेखिएकोले निवेदन मागबमोजिमको अदेश जारी नहुने । (प्रकरण नं.१८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7734 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत अन्य उपयुक्त आदेश जारी गरी पाऊँ । |
| निर्णय वर्ष / मिति | 2063/05/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री तपबहादुर मगर |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7734 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
