नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7730 · वि.सं. २०६३

नि.नं. 7730 — आयकर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कर अधिकृतको कर निर्धारण गर्ने कार्य न्यायिक कार्य हो । कर अधिकृत कर निर्धारणको प्रकृयामा छानविन गर्ने अधिकृत हुनका साथै कर निर्धारण गर्ने अधिकारी पनि हुँदा निजको कानूनी हैसियत आरोपी एवं निर्णयकर्ता दुवै हुने । § कर सम्वन्धी विवादमा अमुक रकम यो यस कारणले करयोग्य छैन भनी करदाताले देखाएको अवस्थामा कर लगाउन चाहने कर अधिकृत या कार्यालयले यो यस परिवन्दवाट कर लाग्ने हो भन्ने देखाउन पर्ने हुन्छ । कर लाग्ने आय हो भन्ने कुराको प्रमाण पुर्याउने भार कर कार्यालय वा कर अधिकृत उपरनै हुने । § कर सम्वन्धी विवादमा प्रमाणको भारको अत्यन्तै महत्व र आवश्यकता हुँदा करदाता उपर मात्र प्रमाण पुर्याउने भार नरहने । (प्रकरण नं.१६) § करदाताले भूलवाट पुरा कट्टा हुन नसकेको भन्दै पछि कानून वमोजिमको रकम स्रोतवाट कट्टी गरि वुझाएको भन्ने देखिएपछि करदाताले कानून उल्लंघन गरेको भन्न सकिने नहुदा सो रकमलाई खूदआयमा समावेश नगर्ने ठहराएको राजस्व न्यायाधिकरणको फैसला न्यायोचित देखिँदा अनुमति प्रदान भएको आदेशसँग सहमत हुन नसकिने । (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7730
मुद्दाको विषयआयकर
निर्णय वर्ष / मिति2062/12/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री पवनकुमार ओझा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7730
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्