नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7729 · वि.सं. २०६३
नि.नं. 7729 — वन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एउटाको जग्गाबाट ढल निकास र अर्काको जग्गाबाट बाटो हिड्नु पर्ने अवस्थामा रहेका निकट छिमेकी निवेदक र विपक्षीहरु बीच सामान्य वादविवाद हुनु अस्वभाविक नदेखिएपनि १०–१० जनाको संख्यामा रहेका निवेदकहरुलाई निजहरुकै घरमा विपक्षीहरुले वन्दी बनाएको भन्ने निवेदन दावी पत्यारलायक नदेखिने । § प्रहरी समेतको सहयोगमा आफू सो घरबाट निस्की प्रस्तुत निवेदन गर्न आएको भन्ने निवेदनमानै उल्लेख गरेको देखिदा राजधानी जस्तो ठाउँमा रहेका नागरिक– नागरिक वीचको त्यस्तो सामान्य शान्ति सुरक्षाको विवादलाई प्रहरी र स्थानीय प्रशासनिक निकायबाटै निरुपण गर्न नसक्ने दण्डहिनताको अवस्थाको परिकल्पना गर्न नमिल्ने । (प्रकरण नं.११) § निवेदन लेखबाटै प्रहरीमा समेत उजुरी दिएको कुरालाई स्विकारै गरेको देखिएको र त्यही बाटो भएर प्रस्तुत रिट दिन आएको भन्ने विपक्षीहरुको कथनलाई समेत इजलास समक्ष उपस्थित भएकी निवेदकहरुको हकमा निवेदन दिने ववीता श्रेष्ठले अन्यथा भन्न सकेको नपाईदा निवेदकहरुलाई विपक्षीहरुले वन्दी बनाएको भन्न नसकिने । § रिट निवेदनमा विपक्षीहरुले वन्दी बनाएको भन्ने कुराको भरपर्दो र विश्वासनिय आधार प्रमाण उल्लेख गर्न नसकी व्यक्तिको वैयक्तिक स्वतन्त्रताको संरक्षण गर्न जारी गरिने विशिष्ठ प्रकृतिको वन्दीप्रत्यक्षीकरणको उपचारको हलुका ढंगबाट सहारा लिई आफूहरु विच चलेको ढल निकास सम्बन्धी देवानी मुद्दालाई प्रभावित गर्न खोजेको अवस्था देखिएकोले निवेदन मागअनुरुप सर्च वारेन्ट समेत जारी गरिरहनु नपर्ने । (प्रकरण नं.१२) § निवेदकहरुलाई निजहरुकै घरमा विपक्षीहरुले वन्दी बनाएको भन्ने अवस्था पुष्टि प्रमाणित हुन नआई अदालतमा विचाराधिन ढल निकास सम्बन्धी देवानी प्रकृतिको मुद्दालाई प्रभावित पार्ने उद्देश्यबाट निवेदन दिएको देखिदा वन्दी नै नरहेका निवेदकहरुलाई छाडि दिनु भनी निवेदन मागबमोजिम वन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7729 |
|---|---|
| मुद्दाको विषय | वन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2063/02/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7729 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
