नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7728 · वि.सं. २०६३
नि.नं. 7728 — जबर्जस्तीकरणी ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ एक अबोध नाबालिकालाई ललाईफकाई आफ्नो सुरक्षित स्थानमा लगी जवर्जस्ती करणी जस्तो जधन्य अपराधिक कार्य गरेको स्थितिमा पीडितले तत्काल प्रतिकार गर्न सक्ने अवस्था नहुने । § मौकाको शारीरिक परिक्षणबाट पीडितको हाईमन हल्का च्यातिएको (torn) भन्ने उल्लेख भएको स्थिति हुँदा योनीमा लिङ्ग प्रवेश गर्दा हाईमन पूर्णरुपमा फाटेकै हुनुपर्ने भन्ने तर्क गर्नु मनासीव र स्वास्थ्य विधिशास्त्र अनुकूल नहुने । § जवर्जस्तीकरणी हुनलाई बीर्य योनीभित्र स्खलन भएकै वा योनी बाहिर देखिएकै हुनुपर्ने अनिवार्यता नरहँदा प्रतिवादीले लिएको जिकिर तथ्यसंगत तथा कानूनसंगत नदेखिने । § प्रतिवादीले अभियोग माग दावीबमोजिम नावालिकालाई मुलुकी ऐन जवर्जस्तीकरणीको १ नं. बमोजिम जवर्जस्तीकरणीको अपराध गरेकै देखिँदा ऐ.को ३ नं. बमोजिम सजाय गरी ऐ १० नं. बमोजिम प्रतिवादीको आधा अंश पीडितलाई भराई दिने गरेको पुनरावेदन अदालतको फैसला मिलेकै देखिने । (प्रकरण नं.२९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7728 |
|---|---|
| मुद्दाको विषय | जबर्जस्तीकरणी । |
| निर्णय वर्ष / मिति | 2063/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिरअलि अन्सारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7728 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
