नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7649 · वि.सं. २०६३
नि.नं. 7649 — लागू अौषध
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा १५ को उपदफा (३) मा सरकारवादी हुने फौजदारी मुद्दामा तहकिकातको लागि थुनामा राख्ने म्याद थपको लागि अदालतमा उपस्थित गराउँदा आफ्नो शारीरिक जाँचको लागि अदालत समक्ष निवेदन गर्न सक्ने व्यवस्था गरिएको र यस व्यवस्थाले मुद्दाको अनुसन्धान तहकिकातको अवस्थामा प्रहरीवाट हुन सक्ने गैरकानूनी बल प्रयोगवाट अभियुक्तलाई सुरक्षाको प्रत्याभूति प्रदान गरिएको देखिनुका साथै उक्त कानूनी व्यवस्थाअनुसार निवेदन दिन सकिने व्यवस्थाको प्रमाण ऐन, २०३१ को दफा ९(२)(क) को कानूनी व्यवस्थासंग सार्थक सम्बन्ध रहेको मान्नुपर्ने । (प्रकरण नं.२४) § प्रहरी अधिकृतले सरकारी वकीलसमक्ष गराएको बयान आफ्नो स्वच्छा विपरीत भएको वा प्रहरीले कुटपीट गरी वा डर त्रासमा पारी गराएको भन्ने जिकिर लिन र सो कुराका सम्वन्धमा अदालतलाई विश्वास दिलाउन नसकेको अवस्थामा पुनरावदेक प्रतिवादीको सो सम्बन्धी पुनरावेदन जिकिर कानून तथा औचित्यको दृष्टिकोणवाट समेत मनासिब देखिन नआउने । (प्रकरण नं.२५) § प्रस्तुत मुद्दा प्रहरी नायब निरीक्षक विनोद निरौलाको प्रतिवेदनवाटै उठान भएको र निजले नै प्रतिवादीहरूको खानतलासी गरी लागूऔषध बरामद गरेको भन्ने मिसिल संलग्न प्रतिवेदन तथा बरामदी मुचुल्कावाट देखिन आएकोले प्रस्तुत वारदातका सम्वन्धमा निजले गरेको बकपत्रलाई प्रमाणमा लिन मिल्दैन भन्ने पुनरावेदन जिकिरमा कुनै कानूनी आधार नदेखिने । (प्रकरण नं.२६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7649 |
|---|---|
| मुद्दाको विषय | लागू अौषध |
| निर्णय वर्ष / मिति | 2063/02/25 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री शारदाप्रसाद पण्डित | माननीय न्यायाधीश श्री राम कुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेतको राय । | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेतको रायसंग सहमत हुन नसकेकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ३ (१) (क) बमोजिम प्रस्तुत मुद्दा पूर्ण इजलास समक्ष पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री गौरी ढकालको राय भएको यस अदालतको संयुक्त इजालासको मिति २०६२।७।२ को फैसला । | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेतको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराकोबहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री गौरी ढकालको राय सदर हुनु पर्दछ भन्ने समेत व्यहोराकोबहस प्रस्तुत गर्नुभयो । | माननीय न्यायाधीश श्री बद्रीकुमार बस्नेतको राय तथा प्रतिवादी सचिन श्रेष्ठवाट लागूऔषध वरामद भएको र निजले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान ब्यहोरा समेतको आधारमा निजलाई अभियोग मागदावी बमोजिम सजाय गरेको विशेष अदालत | माननीय न्यायाधीश श्री गौरी ढकालको राय भई सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री गौरी ढकालको राय मनासिव ठहर्छ । प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7649 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
