नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7648 · वि.सं. २०६३
नि.नं. 7648 — जोत नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मोही निष्काशन हुने गरी फैसला भइसकेपछि पनि जग्गाधनीले साविक मोहीलाई नै मोही स्वीकार गरेको र उक्त फैसलाअनुसार तत्कालै मोही लगतकट्टा हुन नसकी कानूनीरुपमा साविकदेखिनै मोही रहिरहेको अवस्थामा साविकदेखि मोहीको हैसियतले कमाई आएको विवादित जग्गामा निजको मोहियानीसम्वन्धी हक अधिकार समाप्त भइसकेको मान्न मनासिब नहुने । (प्रकरण नं.२०) § साविक मोहीको मृत्यृपछि निजको हक खाने छोराका नाउंमा मोही नामसारी हुने । (प्रकरण नं.२२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7648 |
|---|---|
| मुद्दाको विषय | जोत नामसारी |
| निर्णय वर्ष / मिति | 2062/12/17 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री गौरी ढकाल | माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेलको राय । | माननीय न्यायाधीश श्री परमानन्द झाको राय भएको यस अदालत संयुक्त इजलासको मिति २०६१।११।१४ को फैसला । | माननीय न्यायाधीश श्री परमानन्द झाको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको बहस प्रस्तुत गर्नुभयो । प्रत्यर्थी वादी कृष्णप्रसाद आचार्यले मोही निष्काशन गर्ने गरी काठमाडौं जिल्ला अदालतवाट फैसला भएपछि पनि साविक बमोजिम जग्गा कमाई आएको र जग्गाधनीलाई वाली समेत बुझाई आएको हो । जग्गाधनीले वाली बुझी गरिदिएको भरपाईमा मोही निष्काशन गर्ने गरि भएको फैसलाको दावी छोडेको व्यहोरा समेत उल्लेख गरेकोले मोही नामसारी गर्ने गरी भएको पुनरावेदन अदालत | माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेलको राय सदर हुनुपर्दछ भन्ने समेत व्यहोराको जिकिर लिनुभयो । | माननीय न्यायाधीश श्री दिलीप कुमार पौडेलको राय मनासिब देखिंदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियमानुसार बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7648 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
