नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7641 · वि.सं. २०६३

नि.नं. 7641 — उत्प्रेषण मिश्रित परमा‍देश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ स्वर्गद्वारी आश्रमको नाममा २०३० सालभन्दा पहिले कुनै जग्गा दर्ता भएको नदेखिएको अवस्थामा महाप्रभुको झोलीको रकमवाट महाप्रभुका चेला तथा भक्तहरुको नाममा खरीद भई भूमि प्रशासन कार्यालयको मिति २०३०।८।२९ को निर्णयले स्वर्गद्वारी आश्रमको नाममा नामसारी दर्ता भएको जग्गालाई २००४ सालको सनद र २००६ सालको लगतबाट राजगुठी देखिएको भनेर अनुमान गर्न नसकिने । (प्रकरण नं.२२) § गुठी संस्थान ऐन, २०३३ को दफा २८ बमोजिम गुठी संस्थान अधिनस्थ जग्गाको कूत गुठी संस्थानमा तिर्नुपर्ने देखिन्छ, तर स्वर्गद्वारी आश्रमको नाममा दर्ता रहेको जग्गाहरुको कूत ती जग्गाहरुको मोहीले गुठी संस्थानलाई बुझाएको अवस्था नदेखिदा स्वर्गद्वारी आश्रमको नाममा दर्ता रहेका जग्गाहरु गुठी संस्थानको अधिनस्थ रहे भएको मान्न नमिल्ने । (प्रकरण नं.२३) § स्वर्गद्वारी आश्रम र सो आश्रमको नाममा दर्ता भएका जग्गाहरु राज्यको तर्फबाट श्री ५ त्रिभुवन वीरविक्रम शाहदेव सरकारले राखेको वा गुठी संस्थान ऐन, २०३३ प्रारम्भ हुँदाको अवस्थामा गुठी संस्थानको हक दायित्व भएको वा गुठी संस्थान स्वयंले वन्दोवस्त र संचालन गरी आएको देखिन नआएकोले स्वर्गद्वारी आश्रम र सो आश्रमको नाममा दर्ता भएको जग्गाहरु राजगुठी रहेछ भन्न नमिल्ने । (प्रकरण नं.२४) § १९९६ साल माघ सुदी रोज २ को ताम्रपत्रको आधारमा महाप्रभुको चेला प्रचेलाबाट संचालन र व्यवस्थापन भै आएको स्वर्गद्वारी आश्रम गुठी संस्थानबाट वन्दोवस्त र संचालन भई आएको राजगुठी नभई बालतपस्वी महाप्रभुले आफ्नै प्रयासमा अखण्ड महायज्ञ स्थापना गरेर महाप्रभुको झोलीको रकमबाट खरीद भएको हाल आश्रमको नाममा दर्ता रहेका जग्गाहरुको आयस्ताबाट सो महायज्ञ लगायत विभिन्न धार्मिक अनुष्ठानहरु संचालन गर्दै आएको स्वर्गद्वारी आश्रम र सो आश्रमको नाममा दर्ता भएका जग्गाहरु निजी गुठी भई बालतपस्वी महाप्रभुवाट थालनी भएको अखण्डधुनी महायज्ञ खण्डित हुन नदिन श्री ५ को सरकार र गुठी संस्थानद्वारा वेलावेलामा संरक्षण प्राप्त विशेष प्रकृतिको निजी गुठी देखिन आउने । (प्रकरण नं.३३) § गुठी संस्थान ऐन, २०३३ को दफा १६ को उपदफा (२) को आधारमा बिशेष प्रकृतिको निजी गुठी देखिएको स्वर्गद्वारी आश्रमको संचालन र बन्दोवस्तको लागि गुठी संस्थानले समिति गठन गर्न सक्ने अवस्था नहुने । (प्रकरण नं.३४) § स्वर्गद्वारी आश्रमलाई राजगुठी कायम गरी आश्रम संचालनको लागि समिति गठन गर्ने गरी गुठी संस्थानबाट भएको निर्णयको साथै स्वर्गद्वारी आश्रम र सो आश्रमको नाममा दर्ता रहेको जग्गालाई राजगुठी कायम गर्ने सम्बन्धमा गुठी संस्थानबाट भएका निर्णयहरु र सो सम्बन्धमा भएका अन्य निर्णयहरु साथै ती निर्णयहरुको आधारमा भएका पत्राचारहरु समेत कानूनी रुपमा त्रुटिपूर्ण रहेको देखिएकोले उल्लेखित निर्णय तथा कामकारवाहीहरु उत्प्रेषणको आदेशद्वारा वदर हुने। (प्रकरण नं.३७) § ताम्रपत्रमा महाप्रभुद्वारा व्यक्त गरिएको इच्छा र निर्देशनअनुसार महाप्रभुको झोलीको पैसाबाट खरीद गरिएका जग्गाहरुको आयस्ताबाट आश्रमकै शिष्य प्रशिष्यहरुबाट आश्रमको संचालन हुनुपर्ने । (प्रकरण नं.३८) § १९९६ को ताम्रपत्रमा व्यक्त गरिएको महाप्रभुको इच्छा अनुसार आश्रमकै शिष्य प्रशिष्यहरुवाट संचालन हुनुपर्ने र श्री ५ को सरकार र गुठी संस्थानबाट संरक्षित विशेष प्रकृतिको निजी गुठी भएको देखिदा सो आश्रमको स्वायत्ततामा आँच पुग्ने गरी कुनै हस्तक्षेप नगर्नु नगराउनु र यज्ञको होमादि कार्य खण्डित हुन नदिन स्वर्गद्वारी आश्रमको नाममा दर्ता रहेको जग्गा कुनै पनि किसीमले खण्डित र हिनामीना हुन नदिन आवश्यक संरक्षण प्रदान गर्नु गराउनु भनी बिपक्षीहरु भूमिसुधार तथा व्यवस्था मंत्रालय र गुठी संस्थान केन्द्रीय कार्यालयको नाममा परमादेश समेत जारी हुने । (प्रकरण नं.४०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7641
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमा‍देश
निर्णय वर्ष / मिति2062/12/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६३, नि.नं. 7641
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्