नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7640 · वि.सं. २०६३
नि.नं. 7640 — वण्डापत्र दर्ता वदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ २०४३।११।२५ मानै भएको विवाह, विवाह दर्ता ऐन, २०२८ को दफा ११(१) अन्तर्गत हाल दर्ता सम्म भएको देखिदा अधिकार प्राप्त अधिकारीवाट कानून बमोजिम विवाह दर्ता भएको देखिने । § २०४७ सालमा भएको विवाह लाई २०४९ सालमा दर्ता भएको आधारमा २०४९ साल भन्दा अगाडि विवाह नै भएको होइन भनी मान्न उचित र कानूनसंगत नहुने । (प्रकरण नं.१४) § २७२ दिन भित्र जन्मेको सन्तान यीनै वादी प्रतिवदीको सन्तान हो भनी प्रमाण ऐन, २०३१ को दफा ६(घ) बमोजिम अनुमान गर्नुपर्ने र निजहरुको विवाह २७२ दिन पूर्वनै भएको हो भन्ने कुरा प्रमाणित हुन आउदा विवादित वण्डापत्र पारित भएको मिति भन्दा अगाडि नै वादी प्रतिवादीकी पत्नी भइसकेको भन्ने कुरा पुष्टि हुन आउने । (प्रकरण नं.१५) § वादी र प्रतिवादीको बीचमा २०४७ सालमानै विवाह भएको कुरा पुष्टि हुन आएको तथा प्रतिवादीले वादीलाई ०४७ सालमा विवाह गरेको कुरा स्विकार गरेको हुँदा प्रस्तुत मुद्दामा प्रकाश नगरिएकी स्वास्नीले अंश नपाउने भन्ने अंशवण्डाको ८ नं. को व्यवस्था आकर्षित हुन नसक्ने । § प्रतिवादीहरु वीच वण्डापत्र पारित भएको मिति भन्दा अगाडि नै यी वादी अंशियार भइसकेकी र अंश वण्डाको १ नं. अनुसार जिय जियैको अंशवण्डा गर्नुपर्नेमा उल्लेखित वण्डापत्र पारित हुँदा वादीको अंश हक लोप गरी वण्डापत्र भएको देखिंदा वादी दावी बमोजिम वण्डापत्रको लिखत र सो लिखतको आधारमा भएको दर्ता समेत वदर हुने । § वादी दावी बमोजिम वण्डापत्र दर्ता वदर हुने ठहर गर्नुपर्नेमा वादी दावी पुग्न नसक्ने ठहराएको शुरु जिल्ला अदालतको फैसला सदर गर्ने गरेको पुनरावेदन अदालतको फैसला उल्टी हुने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7640 |
|---|---|
| मुद्दाको विषय | वण्डापत्र दर्ता वदर । |
| निर्णय वर्ष / मिति | 2062/08/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7640 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
