नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7639 · वि.सं. २०६३
नि.नं. 7639 — निषेधाज्ञा
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सशस्त्र प्रहरी वलको गठन र सञ्चालनसम्वन्धी व्यवस्था गर्न वनेको ऐन सशस्त्र प्रहरी ऐन, २०५८ को प्रस्तावनामा नै नेपाल अधिराज्यमा शान्ति र सुव्यवस्था कायम गरी जनताको जीउ धन र स्वतन्त्रताको संरक्षण गर्नको लागी सशस्त्र प्रहरी वलको गठन र संचालन भएको भन्ने देखिन्छ । उल्लेखित प्रस्तावनाको उद्देश्य कायम राख्नको लागी गठन भएको प्रहरी वलका वहालवाला सहायक हवल्दार यी प्रतिवादीले आफ्नो पदीय हैसियतले कर्तव्य पालन गर्दाको अवस्थामा आफ्नो जिम्मा रहने आँफैले वोकेको राइफल दुरुपयोग गरेको होइन भन्न नमिल्ने । (प्रकरण नं.१९) § प्रतिवादीले आत्महत्याको प्रयास स्वरुप आँफैलाई गोली प्रहार गरेपनि हतियार सहिरुपमा प्रयोग भएको अवस्था नहुँदा जे जुन कारण र प्रयोजनको लागी हातहतियारको प्रयोग गरेपनि र सो गरेको प्रयोगको परिणाम जे आए पनि प्रतिवादीले राइफलले गोली चलाएको कार्यलाई पदीय दुरुपयोग मान्नुपर्ने । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7639 |
|---|---|
| मुद्दाको विषय | निषेधाज्ञा |
| निर्णय वर्ष / मिति | 2063/01/06 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामनगिना सिंह | माननीय न्यायाधीश श्री परमानन्द झा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7639 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
