नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7636 · वि.सं. २०६३
नि.नं. 7636 — संविधानसंग वाझिएको कर्मचारी संचयकोष कर्मचारी सेवा शर्त (पाँचौं संशोधन)
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कानूनको निर्धारित प्रक्रिया भित्र रही कुनै संस्थागत नीति कार्यान्वयन गराउने उद्देश्यले विवेकसम्मत आधारमा सबैलाई समान रुपमा लागू हुने गरी असल नियतले कुनै काम कारवाही र निर्णय गरिन्छ भने त्यसलाई कानूनसम्मत र तर्कसंगत मान्नुपर्ने । (प्रकरण नं. १०) § राज्यले कुनै उद्योग, व्यापार, पेशा वा रोजगार गर्नका लागि कुनै शर्त वा योग्यता तोक्ने गरी कानून बनाउन रोक लगाएको मानिने छैन भन्ने समेत धारा १२(२)(ङ)(५) मा ब्यबस्था गरी पेशा र रोजगारको स्वतन्त्रतालाई ब्यबस्थित र नियमन गर्न सक्ने समेत संवैधानिक व्यवस्था रहेको देखिएकोले कर्मचारी संचयकोष नियमावली, २०४८ मा पाँचौं संशोधन गरी सेवाका शर्तमा फेरबदल गरेको अवस्थालाई संविधान विपरीत भएको भन्न नसकिने । (प्रकरण नं. १२) § संचयकोषको सेवामा रहंदाका अवस्थामा निवेदकले प्राप्त गर्ने तलव, भत्ता एवं अन्य सुविधाबाट केही सम्पत्ति आर्जन हुन सक्ने अवस्था रहेको भएपनि त्यो मात्र सम्पत्ति आर्जन, भोग, बेचविखन वा अन्य कारोवारको प्रमुख आधार होइन, यो एउटा अंश (Component) मात्र हो । यस्कै कारणले समग्र साम्पत्तिक हक (Holistic Proprietary right) मा आघात पुगेको मान्न नमिल्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7636 |
|---|---|
| मुद्दाको विषय | संविधानसंग वाझिएको कर्मचारी संचयकोष कर्मचारी सेवा शर्त (पाँचौं संशोधन) |
| निर्णय वर्ष / मिति | 2062/12/31 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री बलराम के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६३, नि.नं. 7636 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
