नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7633 · वि.सं. २०६२

नि.नं. 7633 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले एक पटक नभई पटक पटक प्रहार गरी मृतकलाई मारेको अवस्थामा डिप्रेशन रोगवाट पीडित भएको भन्ने दावी मनासिव देखिन नआउने । § प्रमाण ऐन, २०३१ अनुसार एक पक्षले लगाएको अभियोग अर्को पक्षले लिखित रुपमा स्वीकार गरेको अवस्थामा थप प्रमाण बुझ्न नपर्ने । § प्रतिवादीको बयानमा नै श्रीमतीसंग रातभर झगडा भएको कारण बिहानपख श्रीमती घर छोडी हिडेकाले सधै भरी झगडा गर्नु भन्दा मार्नु वेस भनी मारेको भनी स्पष्ट रुपमा अभियोग स्वीकार गरेको र सो कुरा किटानी जाहेरी दरखास्त एवं वस्तुस्थिती मुचुल्काका मानिसहरुले गरिदिएको बकपत्रबाट समेत पुष्टी भएको अवस्थामा वारदात घटाउन निज प्रतिवादीको मनसाय थिएन भन्न सक्ने अवस्था नहुने । § अस्पताल जाँचवाट मानसिक अवस्था ठीक छ भन्ने उल्लेख भएको र लखेट्दै गई वन्चरो जस्तो सांघातिक हतियारले तीन चार पटक घाँटी र टाउको जस्तो संवेदनशिल अंगमा प्रहार गरी मारेको स्थितीमा मनसाय तत्वको विद्यमानता थिएन भनी मान्न नमिल्ने हुँदा अ.वं. १८८ नं. को प्रयोग गरी कम सजाय गर्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7633
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2062/12/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वलराम के.सी | माननीय न्यायाधीश श्री परमानन्द झा
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7633
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्