नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7632 · वि.सं. २०६२
नि.नं. 7632 — उत्प्रेषण, परमादेश ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कानूनले स्पष्टरुपमा रोक लगाएको बाहेक एउटा दफाले दिएको सुविधा अर्को दफाले दिन मिल्दैन भनी निर्णय गर्नु उचित र न्यायसंगत नहुने । (प्रकरण नं. ११) § निजामती सेवा ऐन, २०४९ को दफा ३५(२) अनुसारको प्रक्रिया पूरा गरी स्वेच्छिक अवकास लिने कर्मचारीले सोही ऐनको दफा ३७(३) को प्रक्रिया पुरा भएको अवस्थामा सो ऐनबमोजिम थप गर्न मिल्ने सेवाअवधि थप गर्न ऐनले रोक लगाएको नदेखिएको र कर्मचारीले पाइआएको सेवा शर्तको सुरक्षा ऐनको दफा ५८ ले गरिरहेकै अवस्थामा दफा ३७(३) को सुविधा नपाउने भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7632 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेश । |
| निर्णय वर्ष / मिति | 2062/12/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अर्जुनप्रसाद सिंह | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7632 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
