नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7619 · वि.सं. २०६२

नि.नं. 7619 — उत्प्रेषण परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विधायिकाद्वारा प्रत्यायोजन गरिएको अधिकार प्रयोग गरी वनेको नियमावली वा सो मा भएको संशोधनवाट कुनै व्यक्ति वा व्यक्ति समूहलाई केही कुराबाट प्रभाव परेको कारणबाट मात्र संशोधित कार्य संबिधान प्रतिकूल रहेको भन्ने अर्थ गर्न नमिल्ने । § विवादित संशोधित व्यवस्था लागु भए उप्रान्त निवेदक जस्ता सवै कर्मचारीहरुलाई समान रुपले लागु हुने हुंदा निवेदकहरुले जिकिर लिएजस्तो असमान व्यवहार गरिएको रहेछ भन्न सकिने अवस्था समेत नदेखिने । (प्रकरण नं.७) § कुन पदमा कुन कुन तह रहने वा कुन कुन तहमा कुन कुन पद रहने भन्ने कुराको निर्धारण कुनै व्यक्ति विशेषको इच्छा र चाहना अनुरुप हुने होइन । त्यो विद्यमान कानूनी व्यवस्थाद्वारा निर्देशित र नियन्त्रित हुने । (प्रकरण नं.८) § संशोधित व्यवस्थाले नयाँ अवस्थाको श्रृजना गरी सकेको अवस्थामा पूरानै कानूनी व्यवस्था अनुसार हुनुपर्ने भन्ने दावी कानूनसम्मत नदेखिने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7619
मुद्दाको विषयउत्प्रेषण परमादेश लगायत जो चाहिने आदेश जारी गरिपाऊँ ।
निर्णय वर्ष / मिति2062/11/25
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर रायमाझी | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत | माननीय न्यायाधीश श्री पवनकुमार ओझा
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7619
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्