नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7614 · वि.सं. २०६२

नि.नं. 7614 — लेनदेन ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीले पाउने गरी पठाइएको रकममा कानूनी हक अधिकार विना विपक्षीले कव्जा गरेको हुंदा सो रकममा हककायम गराई दिलाईभराई पाउँ भन्ने वादी दावी लेनदेन व्यवहारको महल अन्तरगतको विषय नहुंदा ऐ महलको ४० नं को हदम्याद आकर्षित हुने भन्न नमिल्ने । (प्रकरण नं. २१) § वादी मातृसंस्थाबाट हटेपनि निजले दावी गरेको रकम खर्च गरिने संस्थाको लक्ष्य पनि मातृसंस्थाकै समान देखिएको अवस्थामा वादी कुन हैसियतले जापान गएका थिए भन्ने कुराले मात्र सम्पादित काम निश्चित नहुने तथा कार्य परिणाम र प्रकृतिवाटै सम्बन्धित तथ्यको निरोपण र निष्कर्ष निकाल्नुपर्ने हुंदा पुनरावेदक वादीको उक्त रकममा हक नलाग्ने भन्न नमिल्ने । § रकम पठाउदाको समयमानै दाताको इरादा के हो ? सोअनुसार अर्थ निकाल्नु पर्दछ । पछिको व्यवहार र पत्राचारले खास अर्थ राख्न हुँदैन । एउटै विषयका सम्बन्धमा पहिले एउटा कुरा र पछि अर्को कुरा भन्दा तथ्यमा अनिश्चितता र अप्ठ्यारो स्थिती सिर्जना हुनजान्छ । यसकारणवाट आश्रमको खातामा आएको रकममा महिला आश्रमको समेत हक नलाग्ने भन्न नमिल्ने । § सम्झौता गर्दा वादी रुद्रलाल मुल्मी पक्ष रहेको र रकम पठाउदा महिला आश्रम रुद्रलाल मुल्मी समेत उल्लेखभै उक्त रकम आश्रमको खातामा जम्मा भएको देखिएको र रकम पठाउदा दुवैको नाम उल्लेख गरिएको अवस्थामा वादीदावीको रु.८६,७१,७२१।९४ मा वादीको मात्र हक लाग्ने भन्न नमिल्ने । (प्रकरण नं.२४) § वादी प्रतिवादीवीच व्याज लिनेदिने गरी लिखतभै लेनदेन नभएको र दाताले सहयोगस्वरुप प्रदान गरिएको रकममा विवाद उठी हककायम हुनेसम्मको कुरामात्र हुंदा व्याजतर्फको वादीदावी पुग्न नसक्ने भनी पुनरावेदन अदालतबाट भएको फैसला सो हदसम्म मिलेकै देखिने । (प्रकरण नं. २७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7614
मुद्दाको विषयलेनदेन ।
निर्णय वर्ष / मिति2062/10/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7614
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्