नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7613 · वि.सं. २०६२

नि.नं. 7613 — दोहोरो लिखत दर्ता बदर ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ हकै नपुगेको जग्गा दाताले अरु व्यक्तिलाई हालैदेखिको वकसपत्र( को लिखत गरिदिएपनि सो लिखत बदरमा दावी गर्न वादीको हकदैया नपुग्ने । (प्रकरण नं. १३) § शेषपछिको बकसपत्रको लिखत दाताले चाहेमा आफ्नो जीवनकालभरी जहिलेसुकैपनि बदर गराउनसक्ने । § शेषपछिको वकसपत्रमा उल्लेखित सम्पत्तिमा दाताको जीवन रहेसम्म पाउनेको हक प्राप्त हुनसक्ने अवस्था नभएकोले दाताले कुन समयमा शेषपछिको बकसपत्र बदर गराएको हो सो कुराले तात्विक असर नपार्ने । (प्रकरण नं. १४) § हालैदेखिको बकसपत्रको लिखत तत्कालै क्रियाशील हुने भएकोले लेनदेन व्यवहारको २७ नं. को कानूनी व्यवस्थाबमोजिम समेत वादीले प्राप्त गरेको लिखत भन्दा प्रतिवादीले प्राप्त गरेको लिखतले प्राथमिकता र कानूनी मान्यता प्राप्त गर्ने । (प्रकरण नं.१५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7613
मुद्दाको विषयदोहोरो लिखत दर्ता बदर ।
निर्णय वर्ष / मिति2062/10/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री खिलराज रेग्मी | माननीय न्यायाधीश श्री राजेन्द्रकुमार भण्डारी
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7613
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्