नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7605 · वि.सं. २०६२
नि.नं. 7605 — भ्रष्टाचार (न.प्र.प.) ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ प्रतिवादीको नाम र क्रमांक विहार संस्कृत शिक्षा वोर्डको टि.आर. मा उल्लेख नभएको भन्ने प्रमाणित हुनुका साथै प्रतिवादीले आफ्नो प्रमाणपत्र सक्कली भनी पुष्टि गर्न पेश गरेको पत्र समेत फर्जि भन्ने देखिन आएवाट प्रतिवादीको कार्य स्वच्छ र सफा नियतवाट भएको मान्न नसकिने । (प्रकरण नं.१३) § प्रतिवादीले संस्कृत वोर्ड पटनाको लव्धांक पत्र, अस्थायी प्रमाण पत्र लगायतका शैक्षिक प्रमाणपत्ररुको आधारमा कुनै लाभ हासिल नगरेको भन्ने प्रतिवादी जिकिर भएपनि उक्त प्रमाणपत्रहरु प्रतिवादीले पेश गरी निजको व्यक्तिगत फाईलमा संलग्न रहन पुगेको सन्दर्भमा निजले उक्त प्रमाणपत्रहरु वढुवा पाउने समेतको उद्देश्यले पेश गरेको होईन भनी विश्वास गर्न नसकिने । § राष्ट्रसेवक कर्मचारीले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्रहरु गलत देखिन आएको स्थितिमा निजले सो प्रमाणपत्रवाट के कति फाईदा लियो वा लिएन भन्ने कुरा निजले गलत प्रमाणपत्र पेश गरी योग्यता ढांटने कार्य गरेको कसूरको सन्दर्भमा गौण महत्वको मान्नु पर्ने भएवाट पनि प्रतिवादीले उक्त प्रमाणपत्रवाट कुनै लाभ प्राप्त नगरेको भन्ने जिकिरको आधारमा प्रतिवादीले कसूरवाट उन्मुक्ति पाउने अवस्था नदेखिने । (प्रकरण नं.१५) § प्रतिवादीले वढुवा पाउने समेतको उद्देश्यले गलत प्रमाणपत्र पेश गरेको अवस्थामा निजवाट भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ अन्तर्गतको कसूर भएको ठहर गरी प्रतिवादीलाई अभियोग माग दावीवमोजिम जरिवाना गर्ने गरेको विशेष अदालतको फैसला मनासिव हुंदा सदर हुने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7605 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार (न.प्र.प.) । |
| निर्णय वर्ष / मिति | 2062/10/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनवहादुर रायमाझी | माननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7605 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
