नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7604 · वि.सं. २०६२
नि.नं. 7604 — उत्प्रेषण समेत ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ सार्वजनिक पदधारण गरेका व्यक्तिले अनुचित कार्य गरी पुर्याएको हानि नोक्सानी सम्बन्धित व्यक्तिहरुवाट भरिभराउ गर्न वा आयोगले उपयुक्त ठानेको अन्य आवश्यक कारवाही गर्नका लागि सम्बन्धित निकाय वा अधिकारीलाई लेखी पठाउन तथा त्यस्तो अनुचित कार्यबाट उत्पन्न दुष्परिणाम सच्याउनको लागि लेखी पठाउन सक्ने अधिकार बिपक्षी आयोगलाई नभएको मान्न नमिल्ने । (प्रकरण नं.२६) § अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १२क अनुसारको आदेश दिने कारवाही विशेष प्रकारको कारवाही हुनाले त्यस्तो कारवाहीलाई विभागीय कारवाही भन्न नमिल्ने । § दफा १२क अनुसारको कारवाही गर्दा पनि दफा ११ अनुसारको स्पष्टीकरण सोधिने कार्यविधि अवलम्वन गर्नुपर्ने वाध्यात्मक कानूनी व्यवस्था रहेको नदेखिएकोले यस सम्वन्धी निवेदन स्वीकार्य नदेखिने । (प्रकरण नं.२७) § आर्थिक दण्ड जरिवानाको रुपमा कसैसंग रकम असूल उपर गर्ने गरी निर्णय गर्दा त्यस्तो निर्णयको आधार र कारण खोली उपलब्ध भएसम्मका विवरणहरु निजलाई उपलब्ध गराई त्यस सम्बन्धमा निजको भनाई र त्यसलाई पुष्टि गर्ने कागज प्रमाण समेत पेश गर्ने मनासिव मौका प्रदान गरिनु प्राकृतिक न्यायको सिध्दान्तसंग सम्बन्धित स्वच्छ सुनुवाई सम्बन्धी सिध्दान्त अनुसार अपरिहार्य हुने । (प्रकरण नं.२८) § निवेदकवाट रकम असूल उपर गर्ने र रकम असूल उपर नभएसम्म निज समेतको नाममा रहेको घरजग्गा तथा बैंक खाता र लकर समेत रोक्का गर्ने गरी सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय गर्दा निजलाई त्यसरी असूल उपर गर्नुपर्ने रकमको अंक किटान गरी त्यस सम्बन्धमा निजलाई आफ्नो भनाई राख्ने अवसर प्रदान समेत नगरी गरिएको बिपक्षी आयोगको निर्णय स्वच्छ सुनुवाईसम्बन्धी प्राकृतिक न्यायको सिध्दान्त समेतको प्रतिकूल देखिने । (प्रकरण नं.२९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 7604 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण समेत । |
| निर्णय वर्ष / मिति | 2062/10/13 |
| अदालत / इजलास | विशेष इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनूपराज शर्मा | माननीय न्यायाधीश श्री बद्रीकुमार वस्नेत | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६२, नि.नं. 7604 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
