नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7601 · वि.सं. २०६२

नि.नं. 7601 — जग्गा खिचोला मेटाई पर्खाल भत्काई बाटो कायम ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंशबण्डाको कागजमा दुबै पक्षका दाताको साझा बाटो जनाएको अबस्थामा बाटोको अस्तित्व स्वतः प्रमाणित हुने । § एकपटक बाटो स्वीकारी बण्डा गरेपछि दुबै पक्षले भोग गर्न पाउने भएको बाटोको हक र त्यस अन्तर्गत रहन सक्ने सीमालाई वादी प्रतिवादी दुबै पक्षले मञ्जुर गर्नुपर्ने । § त्यसको अनदेखा गरेर पछिबाट पटक पटक लिखत गरी वा गर्दा बाटोको अस्तित्वलाई लोप हुने गरी वादी प्रतिवादीले कारोबार गर्न समेत नसक्ने । (प्रकरण नं.१८) § एकपटक खुलाइसकेको बाटोको अस्तित्व देखिइसकेपछि बाटोको उपयोगमा बादीलाई बाधा हुने गरी प्रतिवादीले पर्खाल लगाउन नपाउने र त्यस्तो बाटोमा आफ्नो निजी भनी वादीले हक कायम गर्न समेत नसक्ने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7601
मुद्दाको विषयजग्गा खिचोला मेटाई पर्खाल भत्काई बाटो कायम ।
निर्णय वर्ष / मिति2062/08/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिजंग सिजापती | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7601
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्