नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 7600 · वि.सं. २०६२

नि.नं. 7600 — उत्प्रेषणयुक्त परमादेश, प्रतिषेध ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निजामती सेवा ऐन अन्तर्गतको नेपाल स्वास्थ्य सेवा र नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ अन्तर्गतको स्वास्थ्य सेवा कानूनीरुपले फरक हुँदा एउटा संरचनाबाट अर्को संरचनामा पदस्थापना र मिलान गर्दा Exactly Equivalent Post नहुने । § यस्तो अवस्था कर्मचारीको Service Life मा एकपटक मात्र हुने हुँदा निवेदकहरू समानताको हकबाट बंचित भएको भन्न र त्यस्तो निर्णय स्वेच्छाचारी मान्न पनि नमिल्ने । (प्रकरण नं. ११) § साविक पद स्वास्थ्य सेवा ऐन, २०५३ प्रारम्भ भएपछि पाँचौ तहमा मिलानभै सेवा सुविधा समेत निवेदकहरूले स्वीकारीसकेको अवस्था भएको र ऐन प्रारम्भ भएपछि १० वर्ष रा.प.अ.प्र.प्राविधिक पदमा स्थायीरुपमा सेवा भएका व्यक्तिहरूलाई मात्र ऐनको दफा ९०(क)(८) बमोजिम छैठौं तहमा पद मिलान गरिने व्यवस्था भएकोमा निवेदकहरूको उल्लेखित ऐनको दफा ९०क(८) बमोजिम नोकरी अवधि पुगेको नदेखिंदा असमान स्थितिमा समानताको सिद्धान्त आकर्षित नहुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.7600
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश, प्रतिषेध ।
निर्णय वर्ष / मिति2062/07/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री बलराम के.सी.
उद्धरण सन्दर्भने.का.प. २०६२, नि.नं. 7600
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्